मायापुरी चौकमा ट्रकको ठक्कररे युवकको मृत्यु
मायापुरी चौकमा ट्रकको ठक्कररे युवकको मृत्यु


नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)। दिल्लीको मायापुरी चौकमा गए शुक्रवार राती भएको सड़क दुर्घटनामा एकजना युवकको मृत्यु भयो। युवकको शव सड़कमा घाइते अवस्थामा भेटिएको थियो। घटनास्थलमा एउटा भाँचिएको हेलमेट र कपड़ाले भरिएको ब्याग पनि भेटियो। उक्त ब्यागमा फेला परेको आधार कार्डको आधारमा मृतकको पहिचान पश्चिम बङ्गालको जलपाईगुडी निवासी विशाल रायका रूपमा भएको छ। एकजना कलरले पुलिसलाई बतायो, ट्रकले युवकलाई ठक्कर दिएको हो। पुलिस दुर्घटनामा संलग्न ट्रकलाई चिन्हित गर्न जुटेको छ। ।

पुलिस अनुसार शुक्रवार राती 10ः43 बजे राजौरी गार्डन पुलिस स्टेशनमा सड़क दुर्घटना भएको सूचना प्राप्त भयो। एउटा ट्रकको ठक्करले एकजना युवकको मृत्यु भएको छ। पुलिसको टीम घटनास्थलमा पुग्दा त्यहाँ युवकको शव फेला पऱ्यो। उनको शरीरमा गम्भीर चोटका निशानहरू थिए। शव नजिकै रहेको एउट ब्यागमा केही लत्ता-कपड़ा र आधार कार्ड थियो। आधार कार्डमा नाम विशाल राय, पिता रतल राय अनि ठेगाना गोरिपुरा, टिकरपुर, जिल्ला जलपाईगुडी, पश्चिम बङ्गाल थियो। घटनास्थलमा भाँचिएको हेलमेट पनि फेला परेको थियो, तर दुर्घटनामा संलग्न कुनै पनि वाहन उपस्थित थिएन।

पुहिलसे हाल सूचनाको आधारमा संदिग्ध ट्रकको पहिचान गर्ने प्रयास गरिरहेको छ। दुर्घटनाको जानकारी पीडितका परिवारलाई दिइएको छ। शवलाई डीडीयू अस्पतालको शवगृहमा राखिएको छ। राजौरी गार्डन पुलिस स्टेशनमा बीएनएसको धारा 281 र 106 (1) अन्तर्गत मुद्दा दर्ता गरिएको गरी जाँच गरिँदैछ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande