मुख्यमन्त्री डा. सरमाले कड़ा ट्राफिक नियमहरूलाई बताए आवश्यक
संवाददाता सम्मेलन को संबोधित करते असम के मुख्यमंत्री डॉ. हिमंत बिस्व सरमा।


गुवाहाटी, 21 नोभेम्बर (हि.स.)। असमको काजीरङ्गा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हालैमा भएको भयानक सड़क दुर्घटनामा 26 जनाको ज्यान गएको घटनालाई लिएर राज्य सरकारले अत्यन्त कड़ा कदम उठाएको छ। यस परिप्रेक्ष्यमा वाहन चालक, वाहन मालिकहरूले विभिन्न प्रकारका आपत्तिहरू गरिरहेका छन्। मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले यस सन्दर्भमा निरन्तर प्रशासनिक कदम उठाउने कुरा गर्दै आएका छन्।

यसै क्रममा मुख्यमन्त्रीले शनिवार भोर बिहान सोशल मिडियामा एउटा पोस्ट साझा गर्दै भनेका छन्, ' मानिसहरूको मनमा यो प्रश्न उठ्नसक्छ कि ठूलो वाहन दुर्घटना हुँदा हेलमेट नलगाउनेलाई किन जरीमाना लगाइयो? थोरै रक्सी पिएर वाहन चलाउँदा पनि भारी जरीमाना किन तिर्नु? के सरकारले जरीमानाको नाममा राजस्व सङ्कलन त गरिरहेको छैन?

मुख्यमन्त्रीले भने, अहिलेघरि हामीले यस्ता धेरै वटा प्रश्नहरू देखिरहेका छौं। भारतको वाहन नियन्त्रण कानुनले प्रायः सुधारात्मक सोचको आधारमा दण्डहरू निर्धारण गर्दछ। यसको अर्थ हामीलाई सचेत गराउनु हो ताकि भविष्यमा यस्ता गल्तीहरूबाट बच्न सकियोस् र यसका लागि बाटो देखाउने प्रयास गर्न सकियोस्। हामी यसलाई बहानाको रूपमा लिन्छौँ र गल्तीहरू बारम्बार दोहोऱ्याइरहन्छौँ।

दुर्घटना कहिल्यै पनि सानो वा ठूला, लक्जरी वा वा दुई चक्के वाहन जस्तो हुँदैन। यो कुनै पनि समयमा हुन सक्छ, कहिलेकाहीँ कुनै पनि पक्षले गल्ती गर्दैन, तर हाम्रो लक्ष्य हामी कसरी दुर्घटनाबाट मुक्त रहन सक्छौँ वा कम्तिमा दुर्घटनाका कारण मृत्यु जस्ता आशंकाहरूबाट बच्न सक्छौँ भन्ने हुनुपर्छ।

उनले भनेका छन्, त्यसैले म वाहन कानुनको हरेक पाटोलाई कड़ाईपूर्वक पालन गर्नुको महत्वलाई गम्भीर रूपमा लिन्छु, चाहे हेलमेटदेखि लिएर स्पीड लिमिट डिभाइससम्म होस् वा रक्सी पिएर वाहन चलाउनेदेखि लिएर अतिरिक्त तौल बोक्नेसम्म। किनभने सड़कमा दुई चक्के वाहनहरूको सङ्ख्या अधिक छ, त्यसैले हेलमेट नलगाएकोमा जरीमाना वा वाहन जफत हुने घटनाहरू सामान्य हुँदै गइरहेको छ।

मुख्यमन्त्रीले भनेका छन्, वाहन नियन्त्रण कानुनको उल्लङ्घनमाथि जरीमानाबाट राजस्व बढाउनु मात्र उद्देश्य होइन, त्यसैले हरेक दिन यस सम्बन्धमा जानकारी साझा गर्ने प्रयास गर्छु। सावधान रहनुहोस्, आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि, समाजका लागि।

त्यसपछि म भन्छु, केही मानिसहरूको गलत प्रचारको कारणले हामी वाहन कानुन लागू गर्नमा कुनै ढिल्याइ गर्ने छैनौँ।

--------

/ बिशाल


 rajesh pande