
इटानगर, 21 नोभेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह गए शुक्रवार राती अरुणाचल प्रदेशको तीन दिवसीय आधिकारिक भ्रमणमा इटानगर आइपुगेका छन्। उनका कार्यक्रमहरूलाई ध्यानमा राख्दै राज्यको राजधानीमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। उनले आज विभिन्न बैठकहरूमा भाग लिनेछन्।
मुख्यमन्त्री पेमा खाण्डुले सोशल मिडिया एक्समा एउटा पोस्ट साझा गर्दै भनेका छन्, अरुणाचल प्रदेशको आफ्नो तीन दिने भ्रमण अन्तर्गत डोनी पोलो एयरपोर्ट, होलोङ्गीमा आइपुगेका केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहलाई न्यानो स्वागत छ।
उनी हामीमाझ हुनु हाम्रो लागि सम्मानको कुरा हो। उनको यो भ्रमण अरुणाचल प्रदेशका लागि एउटा महत्त्वपूर्ण अवसर हो। हामी राज्यको विकास, सुरक्षा एवं प्रगतिसँग सम्बन्धित विषयहरूमा उनको कार्यक्रम र उनको बहुमूल्य मार्गदर्शनको प्रतिक्षामा छौँ।
अमित शाहलाई 'उदाउँदो सूर्यको भूमि'- मा न्यानो स्वागत छ।आफ्नो भ्रमणको क्रममा शाहले दुई वटा सार्वजनिक समारोहमा भाग लिनेछन्-एउटा बन्दरदेवाको पुलिस प्रशिक्षण केन्द्र (पीटीसी) र अर्को इटानगरको आईजी पार्कमा। उनले पुलिस कर्मचारीहरूलाई उनीहरूको सेवाका लागि पदक पनि प्रदान गर्नेछन्।
मुख्यमन्त्री पेमा खाण्डुले पहिला नै यस भ्रमणको घोषणा गर्दै भनेका थिए, यसबाट केन्द्रिय गृहमन्त्रीसित अरुणाचल प्रदेशका विकास प्राथमिकताहरू, चुनौतिहरू एवं अन्य महत्त्वपूर्ण मुद्दाहरूमाछि छलफल गर्ने अवसर पाइनेछ।
आशा छ, शाहले राज्यसँग बैठक गरेर राज्यसित सम्बन्धित विषयमा चर्चा गर्नेछन्। इटानगरका विभिन्न स्थानहरूमा सुरक्षा व्यवस्था कड़ा गरिएको छ। अतिरिक्त सीआरपीएफ र आईटीबीपीका जवानहरूलाई राजधानी क्षेत्रसँगसँगै प्रमुख राष्ट्रिय राजमार्ग र विमानस्थलका मार्गहरूमा तैनाथ गरिएको छ।
यस महत्वपूर्ण भ्रमणअघि धेरै ठाउँमा सड़क मर्मत पनि गरिएको छ।
--------
/ बिशाल