भाजपा एसटी मोर्चा नेता भोटियाले केन्द्रिय मन्त्री ओरामसॅंग भेट गरे, मागहरूबारे ज्ञापनपत्र बुझाए
भाजपा एसटी मोर्चा नेता भोटियाले केन्द्रिय मन्त्री ओरामसॅंग भेट गरे


गान्तोक, २१ नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम अनुसूचित जनजाति मोर्चाका अध्यक्ष कर्म सोनाम भोटियाले नयाँ दिल्लीमा केन्द्रिय जनजाति मामिलामन्त्री जुएल ओरामसँग भेट गरी सिक्किमका अनुसूचित जनजाति समुदायका तीनवटा दीर्घकालीन माग समेटिएको ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा भोटिया, लेप्चा र लिम्बू भाषालाई भारतीय संविधानको आठौँ अनुसूचीमा समावेश गर्नुपर्ने, सिक्किम विधानसभामा लिम्बू-तामाङ समुदायका लागि आसन आरक्षणको व्यवस्था गर्नुपर्ने तथा छुटेका १२ समुदायलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्नुपर्ने माग राखिएको छ।

भेटका क्रममा भोटियाले यी मागहरू सिक्किमका जनजाति समुदायको पहिचान, संवैधानिक अधिकार तथा आकाङ्क्षाको संरक्षणका लागि महत्त्वपूर्ण रहेको विषय मन्त्रीसमक्ष राखेका थिए। मन्त्री ओरामले मागहरूप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै तिनलाई अनुकूल विचारका लागि अघि बढाउने आश्वासन दिएको भाजपा सिक्किम अनुसूचित जनजाति मोर्चाले जनाएको छ।

मोर्चाले मन्त्री ओरामप्रति आभार व्यक्त गर्दै सिक्किमका जनजाति समुदायका जायज माग तथा संवैधानिक अधिकार सुनिश्चित गराउन निरन्तर पहल गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande