वजिरपुर औद्योगिक क्षेत्रमा 45 वर्षीय पुरूषको छुरा प्रहार गरी हत्या
वजिरपुर औद्योगिक क्षेत्रमा 45 वर्षीय पुरूषको छुरा प्रहार गरी हत्या


नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)। वजिरपुर औद्योगिक क्षेत्रमा उपद्रवीहरूले 45 वर्षीय एकजना व्यक्तिको छुरा प्रहार गरी हत्या गरिदिए। गए शुक्रवार राती उनी फ्याक्ट्री नम्बर ए-134 अगाडि घाइते अवस्थामा फेला परेका थिए। उनको शरीर र घाँटीमा धेरै चोटि प्रहार गरिएको थियो। पुलिसले उनलाई अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे।

पुलिस अनुसार गए शुक्रवार राती 10ः15 बजे वजिरपुर औद्योगिक क्षेत्रको कारखाना नम्बर ए-134 अगाडि एकजना व्यक्ति घाइते भएको सूचना प्राप्त भयो। सूचना पाउनसाथ अशोक विहार थानापुलिस घटनास्थलमा पुग्यो। घाइतेको पहिचान जगदीश (45)- को रूपमा भएको छ। उनी एसएस नगर, वजिरपुर औद्योगिक क्षेत्रमा बस्थे। उनलाई तत्कालै फोर्टिस अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए।

जगदीशको घाँटी र शरीरमा छुरीको केही निशानहरू रहेको अनुसन्धानबाट थाहा लागेको छ। शुरुआती रूपमा ममिला हत्याको रहेको थाहा लागेपछि अशोक विहार थानामा 21 नोभेम्बरको दिन हत्याको धारा 103 (1) बीएनएस अन्तर्गत एफआईआर दर्ता गरिएको छ। पुलिसले घटना पछाड़िको कारण पत्तो लगाउन र अभियुक्तको पहिचान गर्ने प्रयास गरिरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande