
कोलकाता, 21 नोभेम्बर (हि.स.)। चक्रवात 'आकवान'- को प्रभाव कम हुनसाथ पश्चिम बङ्गालको प्रमुख समुद्री पर्यटकीय गन्तव्य दिघामा फेरि एक रमाइलोपन फर्किएको छ। मौसम सफा र घमाइलो भएपछि शनिवार बिहानदेखि नै पर्यटकहरूको भीड़ समुद्र तटमा बढ़िरहेको छ।
सप्ताहन्तको छुट्टीले गर्दा दिघासँगसँगै मन्दरामणि र ताजपुरमा पनि पर्यटकहरूको आवागमन बढ्दै गइरहेको छ। यसबाट स्थानीय होटल व्यवसायी एवं साना-ठूला व्यापारीहरूले राहत पाएका छन्।
उल्लेख्य, चक्रवात 'अकवान' -को प्रभावले विगत तीन दिनदेखि दक्षिण बङ्गालका विभिन्न जिल्लाहरूमा निरन्तर वर्षा र तीव्र हावा चलिरहेको थियो। खराब मौसमलाई ध्यानमा राख्दै प्रशासनले समुद्रमा नुहाउन प्रतिबन्ध लगाएको थियो। यसकारण दिघाको समुद्र तट पर्यटकहरूले लगभग खाली गराको थिए। होटलको कोठा बुकिङ्ग पनि उल्लेखनीय रूपमा घटेको थियो। यसले होटल मालिक लगायत स्थानीय पसल मालिक र अन्य व्यापारीहरूलाई आर्थिक कठिनाइको सामना गर्न परिरहेको थियो।
तथापि शनिवार मौसममा सुधार आउनसाथ स्थिति परिवर्तन हुन थाल्यो। सप्ताहन्तको छुट्टी बिताउन पर्यटकहरू फेरि दिघामा आउन थालेका छन्। होटल बुकिङ्ग बढ्दै गएको छ भने समुद्र तट वरपरका पसलहरूमा पनि चहल-पहल शुरु भएको छ।
मौसम सफा भए पनि पर्यटकको सुरक्षाप्रति प्रशासन सतर्क रहेको छ। समुद्रमा नुहाउनदेखि प्रतिबन्ध लागू गर्न पुलिस र प्रशासनले समुद्र तटको निरन्तर निगरानी गरिरहेको छ। अधिकारीहरूको विशेष ध्यान यस कुरामाथि केन्द्रित भएको छ, कुनै पनि पर्यटक प्रतिबन्धको उल्लङ्घन गर्दै समुद्रमा नजाउन्।
दिघा-शङ्करपुर होटल व्यवसायी सङ्घका संयुक्त सचिव बिप्रदास चक्रवर्तीले बताए, प्राकृतिक प्रकोप अवधि प्रशासनले लगाएको प्रतिबन्धको कारणले पछिल्ला केही दिनमा पर्यटकहरूको सङ्ख्या निकै घटेको थियो। तर शनिवार बिहानदेखि मौसममा सुधार आएपछि पर्यटकहरू फेरि दिघामा आउन थालेका छन्। यसले स्थानीय पर्यटन व्यवसायलाई राहत दिने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा