कलियाबरमा जङ्गली हात्तीको उत्पात, किसानहरू अपूर्ण पाकेको धान काट्न बाध्य
Image of the Wild Elephants In Goalpara Paddy Crops Destroying.


गुवाहाटी, 21 नोभेम्बर (हि.स.)। असमको कलियाबरका विभिन्न क्षेत्रहरूमा जङ्गली हात्तीहरूको झुण्डले धानको खेतमा व्यापक क्षति पुऱ्याएको छ। हात्तीहरूले प्राय दिनहुँ जस्तै खेतमा प्रसेर धानको बाली खाइदिएकोमा र कुल्चिदिएकोमा किसानहरू चिन्तित छन्।

जङ्गली हात्तीहरूको बथानले खेतमा पसेर पाकेको धानको बालीलाई नष्ट गरिरहेको छ। किसानहरूलाई हात्तीबाट आफ्नो बाली जोगाउन गाह्रो परिरहेको छ। धानको बाली पाकेको र फसल काट्न पर्खिरहेका किसानहरूले हात्तीको निरन्तर उत्पातको कारणले नोक्सान भोग्नुपरेको छ।

हात्तीको उत्पातले बली नष्ट हुने आशङ्कालाई मध्यनजर गर्दै कतिपय किसानहरूले आफ्नो आधा पाकेको धानको बाली काट्न थालेका छन्। किसानहरूको भनाइ छ, यदि बाली खेतमा छोडियो भने हात्तीहरूले यसलाई पूर्ण रूपमा नष्ट गर्न सक्छन्।

जङ्गली हात्तीहरूको लगातार उपद्रवले कलियाबर क्षेत्रका कृषक समुदायमा चिन्ता बढाएको छ। यसले किसानहरूको जीविकोपार्जन र कृषि उत्पादनमा प्रतिकूल असर पर्ने अनुमान गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande