
कुचबिहार, 21 नोभेम्बर (हि.स.)। नदीको प्राकृतिक संसाधनहरूको संरक्षण गर्न र माछाको सङ्ख्या बढ़ाउने उद्देश्यले सुटुङ्गा नदीमा एक लाख माछाका भुराहरू छोडियो। विश्व मत्स्य दिवसको अवसरमा शनिवार माथाभाङ्गाको सुटुङ्गा पुल नजिकैको काली मन्दिर घाटमा उत्तर बङ्गाल विकास विभागका मन्त्री निशीथ प्रामाणिकले उक्त कार्यक्रमको उद्घाटन गरे।
सूत्र अनुसार प्रधानमन्त्री मत्स्य सम्पदा योजना अन्तर्गत यो पहल गरिएको हो। नदीमा माछाको प्राकृतिक उपलब्धता बढाउनु, देशी माछाका विभिन्न प्रजातिलाई लोप हुनबाट जोगाउनु अनि स्थानीय जलीय जैविक विविधताको सन्तुलन कायम राख्नु यसको मुख्य उद्देश्य हो। यस पहलले नदीमा माछा उत्पादन बढ्ने प्रशासनलाई आशा छ। यसले सुटुङ्गा नदीमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा निर्भर रहेका स्थानीय माझीहरूको जीविकोपार्जनका अवसरहरू बढाउनेछ। साथै यो कदमले उनीहरूको आर्थिक एवं सामाजिक स्थिति सुधार गर्नमा पनि सहयोगी पुऱ्याउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा