गुवाहाटीको बरसपारा फ्लाइओभरमा सड़क दुर्घटना, ई-अटो चालकको मृत्यु
दुर्घटनाग्रस्त ऑटो की तस्वीर।


गुवाहाटी, 21 नोभेम्बर (हि.स.)। गुवाहाटीको बरसपारा फ्लाइओभरमा शनिवार बिहान भएको घातक सड़क दुर्घटनामा ई-अटो चालकको मृत्यु भयो भने अटोमा सवार एकजना महिला गम्भीर घाइते भइन्।

पुलिसले आज दिएको जानकारीअनुसार डा. श्यामा प्रसाद मुखर्जी फ्लाइओभरमा द्रुत गतिमा गइरहेको बलेनो कार (एएस-01एफएल-3688)- ले ई-अटोलाई ठक्कर दियो। यस घटनामा अटो चालक तपन कालिता गम्भीर घाइते भए जसलाई तत्कालै अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरिदिए।

मृतक ई-रिक्सा चालकको पहिचान तपन कालिता (53, वशिष्ठ)- को रूपमा भएको छ। स्थानीय मानिसहरूहरूले गुवाहाटीको अमबाड़ी निवासी कार चालक ललित राय (28)- लाई समातेर फटाशिल अमबाड़ी पुलिसलाई हस्तान्तरण गरे। पुलिसले घटनास्थलमा पुगेर वाहनलाई जफत गऱ्यो। कार चालक रक्सी पिएको बताइएको छ। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

यता अटोमा रहेको दीपाञ्जली सिन्हा बोड़ो नामक महिला गम्भीर रूपमा घाइते भइन्। उनलाई तुरुन्तै गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरियो जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनापछि यस क्षेत्रमा डर र तनाउको वातावरण छ। दुर्घटनासँग सम्बन्धित अन्य विवरणको प्रतिक्षा गरिएको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande