
नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)। दिल्लीमा शनिवार भएको दुई वटा छुट्टा-छुट्टै आगलागीमा एकजना महिलाको मृत्यु भयो भने अन्य दुई जना घाइते भए। पहिलो घटना पश्चिमी दिल्लीको रघुबीर नगर क्षेत्रमा भएको हो जहाँ घरको पहिलो तलामा राखिएका घरेलु सामानमा आगलागी भयो। दुर्घटनामा एकजना 40 वर्षीया महिलाको मृत्यु भयो भने उनका 20 वर्षीय छोरा र बुहारी गम्भीर घाइते भए। दोस्रो घटना न्यू फ्रेण्ड्स कलोनीको सूर्या होटलको रेस्टुरेन्टमा भएको हो। यस घटनामा कोही घाइते भएका छैनन्।
अग्निशमन विभाग अनुसार आज दिउँसो 12ः04 बजे बी-3, लक्ष्मी ज्वेलर्स, रघुबीर नगर नजिकैको घरमा आगलागी भएको सूचना प्राप्त भएको थियो। खबर पाएपछि दमकलका दुईवटा वाहनलाई घटनास्थलमा पठाइयो। भवनको पहिलो तलामा राखिएका घरेलु सामानहरूमा आगो लागेको थियो। आगोको चपेटमा परी घाइते भएका तीन जना मानिसहरूलाई तुरुन्तै गुरु गोविन्द सिंह अस्पतालमा लगियो जहाँ डाक्टरहरूले सुनिता (40)- लाई मृत घोषित गरिदिए। उनका 20 वर्षीय छोरा ध्रुव लगभग 20 प्रतिशत र बुहारी नीति लगभग 60 प्रतिशत जलेका छन्। बुहारीको अवस्था गम्भीर रहेको बताइएको छ।
यसैबीच दोस्रो घटना सूर्य होटल, दिल्ली जानकी कम्युनिटी सेन्टर, न्यू फ्रेण्ड्स कलोनीको रेस्टुरेन्टमा दिउँसो 1ः10 बजे भएको हो। यहाँ रेस्टुरेन्टको भान्साकोठाको चिमनी र मोड्युलर भान्सा कोठाको काठको क्याबिनेटमा आगो लागेको थियो। सूचना पाएर दमकलका पाँच वटा वाहनहरूलाई घटनास्थलमा पठाइयो। दमकलकर्मीहरूले कड़ा संघर्षपछि बिहान 1ः30 बजे आगोलाई नियन्त्रित गरे। यस घटनामा कुनै प्रकारको जनहानि भेको समाचार प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा