विकसित भारत युवा नेतृत्व संवाद २०२७ : नाम्चीमा जिल्लास्तरीय प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न
विकसित भारत युवा नेतृत्व संवाद २०२७


नाम्ची, 21 नोभेम्बर (हि.स.)। विकसित भारत युवा नेतृत्व संवाद २०२७ अन्तर्गत जिल्लास्तरीय पावरपोइन्ट प्रस्तुतीकरण प्रतियोगिता आज नाम्चीस्थित भाइचुङ स्टेडियममा सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रम नाम्ची जिल्लाको खेलकुद तथा युवा मामिला विभागले आयोजना गरेको थियो।

कार्यक्रममा नाम्ची जिल्लाका मुख्य शिक्षा अधिकारी जीपी शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सहभागी युवाहरूलाई सम्बोधन गर्दै उनले राष्ट्र निर्माण तथा विकसित भारतको लक्ष्य हासिल गर्न आफ्ना विचार, नेतृत्व क्षमता र नवीन सोचको सदुपयोग गर्न आग्रह गरे।

प्रतियोगिताका क्रममा जिल्लाका विभिन्न क्षेत्रबाट सहभागी युवाहरूले विकासका प्रमुख विषयहरूमा आफ्ना विचार, नवीन दृष्टिकोण तथा व्यावहारिक समाधानहरू पावरपोइन्ट प्रस्तुतिमार्फत प्रस्तुत गरेका थिए।

प्रस्तुतिहरूमा विकासका चुनौतीहरू समाधान गर्न तथा राष्ट्रको प्रगतिमा योगदान पुर्‍याउने युवाहरूको उत्साह, सिर्जनशीलता र प्रतिबद्धता झल्किएको थियो। कार्यक्रममा खेलकुद तथा युवा मामिला विभाग, नाम्चीका उपनिर्देशक बसन्त प्रधान, अवर सचिव पुष्पाञ्जली राई, निर्णायकहरू तथा सहभागी युवाहरूको उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande