
शिवसागर (असम), 21 नोभेम्बर (हि.स.)। जिल्लाको नाजिरास्थित मेजेङ्गामा भएको भीषण सड़क दुर्घटनामा पशुपालन विभागका एकजना कर्मचारीको घटनास्थलमै मृत्यु भयो।
पुलिसले आज बतायो, दुर्घटना यति गम्भीर थियो कि पशुपालन विभागका कर्मचारी रिङ्कु गोगोईको घटनास्थलमै मृत्यु भयो। घटनापछि उक्त क्षेत्र शोकमा डुबेको छ।
प्राप्त जानकारी अनुसार नाजिरादेखि मेजेङ्गातिर गइरहेको स्कुटर अनियन्त्रित भएर रूखमा ठोक्कियो जसले गर्दा यो घटना भएको हो। ज्ञात रहोस्, स्कुटर रिङ्कु गोगोईले नै चलाइरहेका थिए। सूचना पाएपछि पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई पोस्टमर्टम गर्नको लागि अस्पताल पठाइदियो।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा