
-कटिहार, गुवाहाटी र न्यू जलपाईगुडी रेलवे स्टेशनबाट एकजना बालक र सात जना बालिकाहरूलाई उद्धार गरियो
- विभिन्न स्टेशनमा भएको कारबाहीमा 108.9 किलो गाँजा र 423 यूनिट रक्सी बरामद
गुवाहाटी, 21 नोभेम्बर (हि.स.)। उत्तरपूर्वी फ्रन्टियर रेलवे (एनएफआर)- को रेलवे सुरक्षा बल (आरपीएफ)- ले यात्रुहरूको सुरक्षा एवं रेल नेटवर्कमा अवैध गतिविधिहरू रोक्न बारम्बार अभियान चलाइरहेको छ। नोभेम्बर 16 देखि 18- को बीचमा आरपीएफले कटिहार, न्यू जलपाईगुडी एवं गुवाहाटी रेलवे स्टेशनबाट आठ जना नाबालिकहरूलाई उद्धार गऱ्यो। तीमध्ये एकजना बालक र सात जना बालिका रहेका छन्। यसबाहेक पूसीरेका विभिन्न रेलवे स्टेशनहरूमा गरिएको छापामा करिब 54 लाख रुपियाँ मूल्यका प्रतिबन्धित वस्तुहरू पनि जफत गरिएको छ।
पूसीरेका मुख्य जनसम्पर्क अधिकारी (सीपीआरओ) कपिञ्जल किशोर शर्माले शनिवार बताए, गत1 7 नोभेम्बरमा आरपीएफ गुवाहाटीले रेलवे स्टेशनबाट तीन जना किशोरीलाई उद्धार गरेको थियो। त्यसपछि उनीहरूलाई सुरक्षित हिरासत एवं उचित हेरचाहका लागि गुवाहाटी चाइल्डलाइनमा हस्तान्तरण गरिएको थियो।
त्यसैगरी 16 र 17 नोभेम्बरमा कटिहार आरपीएफले छुट्टै कारबाहीमा रेलवे स्टेशनबाट तीन जना किशोरी र एकजना बालकलाई उद्धार गरेको थियो। सबैलाई सुरक्षित हेरचाहका लागि कटिहार चाइल्डलाइनमा हस्तान्तरण गरिएको छ। नोभेम्बर 18- मा आरपीएफ न्यू जलपाईगुडीले रेलवे स्टेशनबाट एउटी किशोरीलाई उद्धार गरी थप आवश्यक कारबाहीको लागि जलपाईगुडी बाल कल्याण समितिलाई हस्तान्तरण गरेको छ।
सीपीआरओले बताए, रेलवे नटवर्कको माध्यमबाट प्रतिबन्धित वस्तुहरूको तस्करी एवं परिवहनलाी रोक्नको लागि आरपीएफले अर्को अभियान अन्तर्गत अगरतला, लामडिङ्ग, न्यू जलपाईगुडी, दिमापुर, कामाख्या एवं कटिहार रेलवे स्टेशनमा जाँच अभियान चलायो। यस अवधि दुई जना मानिसहरूलाई हिरासतमा लिइयो। विभिन्न स्थानहरूबाट 108.9 किलो गाँजा र 423 यूनिट रक्सी जफत गरियो। जफत गरिएको प्रतिबन्धित वस्तुहरूको अनुमानित मूल्य करिब 54 लाख रुपियाँ रहेको छ।
उनले बताए, यी समन्वित अभियानहरूले सुरक्षित रेल वातावरण सुनिश्चित गर्ने आरपीएफको महत्वपूर्ण भूमिकालाई दर्शाउँछ। समयमै हस्तक्षेप र बाल संरक्षण एजेन्सीहरूसितको समन्वयबाट कमजोर र असुरक्षित बच्चाहरूको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्छ भने अर्कोतिर नियमित जाँच र प्रवर्तन कार्यहरूले रेलवे परिसरमा गैरकानुनी गतिविधिहरूमाथि लगाम लगाइरहेको छ।
पूसीरे यात्रु सुरक्षा सुदृढीकरण गर्न, कमजोर व्यक्तिहरूको सुरक्षा गर्न तथा रेल नेटवर्कको दुरुपयोगसाई रोक्न प्रतिबद्ध छ। स्थानीय पुलिस, चाइल्डलाइन, बाल कल्याण समिति एवं अन्य सम्बन्धित निकायको समन्वयमा निरन्तर सतर्कता अप्नाइँदैछ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा