कुचबिहारः बेहुलाले विवाह गर्न अस्वीकार गर्दा बेहुली पक्षले बेहुलाको घर अगाड़ि विरोध प्रदर्शन गऱ्यो
दूल्हे के घर के सामने प्रदर्शन करते दुलहन पक्ष


कुचबिहार, 21 नोभेम्बर (हि.स.)। विवाह हुन पाँच दिन मात्र बाँकी थियो, तर विवाहको मुखैलमा बेहुला पक्षले विवाह गर्न अस्वीकार गरेको आरोप प्रकाशमा आएको छ। यस घटनालाई लिएर शनिवार कुचबिहार शहरको बाबू हाट संलग्न क्रिस्टन पाड़ा क्षेत्रमा बबाल मच्चियो। बेहुलीको परिवारका सदस्यहरूले बेहुलाको घर अगाड़ि पुगेर विरोध गरे। स्थिति नियन्त्रण गर्न कोतवाली पुलिस घटनास्थलमा पुग्यो अनि बेहुलाका पितालाई हिरासतमा लियो।

स्थानीय सूत्र अनुसार लगभग एक वर्षअघि पिलखाना लङ्काबार क्षेत्रकी एकजना युवतीसँग क्रिष्टन पाडा क्षेत्रका एकजना युवकको विवाह तय भएको थियो। दुवै परिवारको सहमतिमा विवाहको मिति तय भएको थियो भने तयारी पनि द्रूत गतिमा भइरहेको थियो। तर विवाहको मिति नजिकिँदै जाँदा बेहुला पक्षले अचानक विवाह गर्न अस्वीकार गरेको आरोप लगाइएको छ।

बेहुली पक्षले आरोप लगाएको छ, बेहुला पक्षले फेरि दाइजोको माग गरेको थियो। यो माग पूरा गर्न अस्वीकार गर्दा विवाह तोड्ने निर्णय गरियो। यति मात्र नभएर बेहुली पक्षद्वारा फर्नीचर दिने कुरामाथि बेहुला पक्षले आपत्ति जनाएको थियो।

विवाहको ठिक अघि यस्तो अवस्था उत्पन्न भएपछि बेहुलीको परिवारका सदस्यहरू चिन्तित भए। शनिवार उनीहरू बेहुलाको घरमा पुगेर विवाह विच्छेदको कारण जान्न चाहे। तथापि सन्तोषजनक जवाफ नपाएपछि परिवारका सदस्यहरूले घर अगाडि विरोध प्रदर्शन गरे। सूचना पाएर कोतवाली पुलिस घटनास्थलमा पुग्यो। पुलिसले बेहुलाका पितालाई हिरासतमा लिएर थाना लग्यो। पुलिसले सम्पूर्ण मामिलाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande