मुख्यमन्त्री तामाङ र पश्चिम बंगालका संसदीय मामिलामन्त्री शङ्कर घोषबीच भेटवार्ता
मुख्यमन्त्री तामाङ र पश्चिम बंगालका संसदीय मामिलामन्त्री शङ्कर घोषबीच भेटवार्ता


गान्तोक, २१ नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राजधानीस्थित आफ्नो सरकारी निवासमा पश्चिम बंगालका संसदीय मामिलामन्त्री शङ्कर घोषसँग भेटवार्ता गरेका छन्।

मुख्यमन्त्री तामाङले भेटवार्ताबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भेटका क्रममा आपसी चासोका विषय, सुशासन तथा सिक्किम र पश्चिम बंगालबीचको सहकार्य सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताएका छन्।

उनले क्षेत्रको विकास तथा जनतासँग सम्बन्धित विभिन्न विषयमा विचार र अनुभव आदान-प्रदान गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर संवाद र आपसी सहकार्यलाई अझ विस्तार गर्ने अपेक्षा व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande