
इटानगर, 21 नोभेम्बर (हि.स)। अरुणाचल प्रदेश कङ्ग्रेसको महिला समितिले केन्द्रिय गृहमन्त्री अमित शाहको राज्य भ्रमणलाई स्वागत गऱ्यो। महिला कङ्ग्रेसले अरुणाचल प्रदेशमा चलिरहेको विभिन्न मुद्दाहरूको समाधान खोज्ने आग्रह गरेको छ।
आज इटानगरको कङ्ग्रेस भवनमा मिडियासँग कुराकानी गर्दै प्रदेश महिला कङ्ग्रेस कमिटीकी अध्यक्ष चुकू नाचीले केन्द्रिय गृहमन्त्री अमित शाहको अरुणाचल प्रदेशको भ्रमणलाई स्वागत गर्दै आशा व्यक्त गरेकी छन्, आफ्नो भ्रमण कालमा शाहले राज्यका तीन वटा प्रमुख मुद्दाहरूलाई समाधान गर्ने दिशामा कदम उठाउनेछन्। यसमा अरुणाचल प्रदेशमा चिनियाँ पीएलएको घुसपैठको मुद्दा पनि समावेश छ। साथै उनीहरूले यो स्पष्ट पार्न भने, 'सियाङ्ग अप्पर मल्टीपर्पज प्रोजेक्ट'- सित सम्बन्धित विवाद र असम-अरुणाचल प्रदेशमाझ पछिल्लो लामो समयदेखिकै चलिरहेको सीमा विवादको समाधान गर्नका लागि उनले कुनै कदम उठाउनेछन्।
उनीहरूले प्रश्न गरे, तपाईँ कुन उद्देश्य लिएर अरुणाचल प्रदेश आउनुभएको हो? के तपाईँ सियाङ्ग समस्याको समाधान लिएर आउनुभएको हो? के तपाईँ राष्ट्रिय सुरक्षाको चिन्तालाई समाधान गर्न आउनुभएको हो? वा तपाईँ असम-अरुणाचल सीमा विवाद सुल्झाउन आउनुभएको हो?
उनीहरूले भने, यी अरुणाचल प्रदेशका ठूला मुद्दाहरू हुन् र यदि उनले यी मुद्दाहरूलाई सम्बोधन गरे भने उनको राज्य भ्रमणलाई सफल मानिनेछ।
/ बिशाल