केन्द्रिय मन्त्री शाहले आन्ध्र प्रदेशका मुख्यमन्त्रीलाई दिए हरसम्भव सहयोगको आश्वासन
गृह मंत्री अमित शाह (फाइल फोटो)


नयाँ दिल्ली, ०३ नोभेम्बर (हि.स.)। केन्द्रिय गृह एवं सहकारितामन्त्री अमित शाहले मङ्गलबार आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूसँग टेलिफोनमा कुराकानी गरी राज्यमा चक्रवात ‘मुरासु’ का कारण उत्पन्न अवस्थाबारे तथा त्यसका प्रभावहरूबारे विस्तृत जानकारी लिए। शाहले यस प्राकृतिक विपत्तिको सामना गर्न मुख्यमन्त्रीलाई केन्द्र सरकारका तर्फबाट हरसम्भव सहायता र सहयोगको पूर्ण आश्वासन दिएका छन्।

अमित शाहले सामाजिक सञ्जाल ‘एक्स’ मा जानकारी साझा गर्दै लेखेका छन्, “राष्ट्रिय आपदा प्रतिकार्य बल (एनडीआरएफ) र राज्य आपदा प्रतिकार्य बल (एसडीआरएफ) का टोलीहरू प्रभावित क्षेत्रमा पहिलेदेखि नै तैनाथ छन्। यी टोलीहरूले घटनास्थलमा सतर्कताका साथ राहत तथा उद्धार कार्य सञ्चालन गरिरहेका छन् र चक्रवात प्रभावित क्षेत्रका मानिसहरूसम्म तत्काल सहायता पुर्याइरहेका छन्।”

उनले कुनै पनि प्रकारको आपतकालीन अवस्थाको सामना गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्धता र दृढ सङ्कल्पका साथ आन्ध्र प्रदेशका जनताको साथमा काँधमा काँध मिलाएर उभिएको स्पष्ट पारेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande