पूर्व राष्ट्रपति कोविन्दले राष्ट्रपति र उपराष्ट्रपतिसँग गरे भेट, दीपावलीको शुभकामना दिए
पूर्व राष्ट्रपति रामनाथ कोविंद राष्ट्रपति मुर्मु से मुलाकात करते हुए।


राष्ट्रपति मुर्मु के साथ अन्य लोग मौजूद।


पूर्व राष्ट्रपति रामनाथ कोविंद उपराष्ट्रपति से मुलाकात करते हुए।


नयाँ दिल्ली, ०६ नोभेम्बर (हि.स.)। पूर्व राष्ट्रपति रामनाथ कोविन्दले शुक्रवार आफ्ना परिवारका सदस्यहरूसँग राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मु तथा उपराष्ट्रपति भवनमा उपराष्ट्रपति सीपी राधाकृष्णनसँग भेट गरी दीपावलीको शुभकामना दिएका छन्।

यसपछि राष्ट्रपति मुर्मुले राष्ट्रपति भवनमा परम्परागत तथा लोक कलाकारहरूको एउटा समूहसँग भेट गरिन् र उनीहरूका कलाकृतिहरूको अवलोकन गरिन्। देशका विभिन्न क्षेत्रबाट आएका सबै कलाकारहरू ‘आर्टिस्ट्स-इन-रेजिडेन्स’ कार्यक्रम अन्तर्गत यहाँ बसेका छन्।

यी कलाकारहरूले ऐपन, कलमकारी, माता नी पछेड़ी, कावी, पिछवाई र वारली जस्ता विभिन्न कला शैलीको प्रतिनिधित्व गर्छन्। यस कार्यक्रम अन्तर्गत कलाकारहरूले ‘विकसित भारत’ विषयवस्तुमा आधारित कलाकृतिहरू तयार पारेका छन्।

यस अवसरमा इन्दिरा गान्धी राष्ट्रिय कला केन्द्रका सदस्य सचिव डा. सच्चिदानन्द जोशी, कलादर्शन प्रभागकी संयोजक तथा विभागाध्यक्ष डा. ऋचा काम्बोज लगायत अन्य कलाकारहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande