
नयाँ दिल्ली, ०६ नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन शनिवार, ७ नोभेम्बरका दिन उत्तर प्रदेशको अयोध्या भ्रमणमा रहनेछन्। यस क्रममा उनी दीपोत्सव कार्यक्रममा सहभागी हुनेछन्।
उपराष्ट्रपति सचिवालयले शुक्रवार दिएको जानकारी अनुसार, सीपी राधाकृष्णनले आफ्नो भ्रमणका क्रममा श्रीराम जन्मभूमि मन्दिरमा पूजा-अर्चना गर्नेछन्। यसका साथै उनी अयोध्यामा आयोजना हुने भगवान् श्रीरामको प्रतीकात्मक राज्याभिषेक समारोहमा पनि सहभागी हुनेछन्। यस अवसरमा उनले पूज्य सन्तहरूलाई सम्मानित समेत गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी