अटारी-वाघा सीमा क्षेत्रबाट फर्किरहेकी लन्दनकी महिला पर्यटक लुटपाटको शिकार, मोबाइल खोसियो
अटारी-वाघा सीमा क्षेत्रबाट फर्किरहेकी लन्दनकी महिला पर्यटक लुटपाटको शिकार, मोबाइल खोसियो


- सामाजिक सञ्जालमा भीडियो साझा गर्दै सुनाइन् आफ्नो घटना

अमृतसर, ०६ नोभेम्बर (हि.स.)। अटारी-वाघा सीमा क्षेत्रको भ्रमण गरेर फर्किरहेकी लन्दन निवासी एक महिला पर्यटक अमृतसरको राम तलाई क्षेत्रमा लुटपाटको शिकार भएकी छन्। मोटरसाइकलमा आएका अज्ञात झपटमारले उनको लगभग डेढ़ लाख रुपियाँ मूल्यको मोबाइल फोन खोसेर फरार भए।

पुलिस अनुसार, लन्दन निवासी ती महिला लालीले पञ्जाबी सङ्गीत भीडियोमा समेत काम गरिसकेकी छन्। उनले सामाजिक सञ्जालमा भुडियो साझा गर्दै अमृतसरमा आफूमाथि भएको घटनाबारे जानकारी दिएपछि यो घटना सार्वजनिक भएको हो।

उनले अटारी-वाघा सीमाबाट फर्किने क्रममा मोटरसाइकलमा आएका झपटमारले आफ्नो महँगो मोबाइल फोन खोसेर फरार भएको बताएकी छन्। पीड़ित महिलाको उजुरीका आधारमा रामबाग पुलिस थानामा अज्ञात आरोपी विरुद्ध मुद्दा दर्ता गरी पुलिसले अनुसन्धान शुरु गरेको छ।

मोबाइल चोरी भए पनि ती महिलाले कठिन परिस्थितिमा सहयोग गर्ने अमृतसरका एक अटो चालक र होटल सञ्चालकको प्रशंसा गरेकी छन्। उनले पछि आफ्ना एक साथीले फर्किनका लागि हवाई यात्राको टिकटको व्यवस्था गरिदिएको बताइन्।

लालीले आफ्नो भीडियोमार्फत अमृतसर आउने पर्यटकहरूलाई सतर्क रहन सल्लाह दिएकी छन्। उनले शहरमा घुमफिर गर्दा मोबाइल फोन तथा अन्य बहुमूल्य समानको विशेष ध्यान राख्न आग्रह गरेकी छन्, ताकि यस्ता घटनाबाट बच्न सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande