
अलिपुरद्वार, ०6 नोभेम्बर (हि.स.)। लागू औषधविरुद्ध कड़ा कारबाही गर्दै फालाकाटा थाना पुलिसले अहिले आधुनिक प्रविधिको सहारा लिएको छ। ड्रोन क्यामराको सहयोगमा घरको आँगनमा गोप्य रूपमा गाँजाको खेती भइरहेको पुलिसले पत्तो लगाएको छ। त्यसपछि पुलिसको टीमले एक-एक गरी करिब 50 वटा घरमा छापा मारेर त्यहाँ उब्जिएका गाँजाका बोटहरू काटी घटनास्थलमै आगो लगाइदियो। शुक्रवार भएको पुलिसको यो विशेष कारबाहीले क्षेत्रमा खैलाबैला मच्चायो।
पुलिस सूत्रानुसार अलिपुरद्वार जिल्ला पुलिस अधीक्षकको निर्देशनमा उक्त क्षेत्रमा निरन्तर लागू औषध विरोधी निगरानी अभियान चलिरहेको छ। सोही अभियानको एक भगको रूपमा शुक्रवार फलाकाटा ब्लकको मयरडाङ्गा, शालकुमार, देवगाउँ, जटेश्वर, ग्वाबरनगर अनि फलाकाटा-2 ग्राम पञ्चायत क्षेत्रमा ड्रोन क्यामरा लिएर पुलिसका टोलीहरू उत्रे। ड्रोन क्यामाराले धेरै वटा घरको आँगनमा बढ़िरहेका गाँजाका बोटबिरुवाको तस्वीर कैद गरेपछि पुलिस सम्बन्धित घरमा पुग्यो अनि कारबाही गऱ्यो। उक्त अभियानको नेतृत्व फालाकाटा पुलिस स्टेशनका आईसी तमाल दासले गरेका थिए।
पुलिस सूत्र मुताविक प्रत्येक ग्राम पञ्चायत क्षेत्रका औसत आठदेखि दश वटा घरको आँगनमा गाँजाको खेती भएको पाइएको छ। सम्पूर्ण क्षेत्रका करिब 50 वटा घरबाट गाँजाको बोट काटेर घटनास्थलमै जलाइयो। यद्यपि गाँजाको खुल्ला खेतीको कुनै घटना रिपोर्ट गरिएको छैन। अभियानपछि पुलिसले सम्बन्धित घरका मालिकलाई कड़ा चेताउनी दिएको छ।
घरको आँगन वा परिसरमा अवैध रूपमा गाँजा खेती गर्नेहरूविरुद्ध भविष्यमा कड़ा कानुनी कारबाही गरिने पुलिसले स्पष्ट पारेको छ।
/ बिशाल