हर्षवर्धन श्रृङ्गलाको पहलमा सकुशल घर फर्किए अनमोल सिञ्चुरी
हर्षवर्ध्दन श्रृङ्खलाको सहयोगमा घर फर्किए अनमोल सेञ्चुरी


खरसाङ, 0६ नोभेम्बर (हि.स.)। मिरिक निवासी अनमोल सिञ्चुरी हर्षवर्धन श्रृङ्गलाको पहल र सहयोगमा सकुशल स्वदेश फर्किएका छन्।

अनमोललाई म्यानमारमा अपहरण गरी अमानवीय यातना दिइएको जानकारी पाएपछि उनकी आमा नीलम सिञ्चुरीले सहयोगको आग्रह गरेकी थिइन्। यसपछि हर्षवर्धन श्रृङ्गलाले तत्काल विदेश सचिवलाई पत्र लेख्दै यस विषयमा हस्तक्षेपको माग गरेका थिए। साथै, उनले म्यानमार र कम्बोडियास्थित भारतीय राजदूतहरूसँग पनि आवश्यक पहल गरेका थिए।

सम्बन्धित अधिकारीहरूको शीघ्र पहल र विभिन्न शुभचिन्तकहरूको सहयोगले अनमोललाई सकुशल स्वदेश फर्काउन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।

यद्यपि, अपहरणका क्रममा अनमोलले गम्भीर शारीरिक यातना सहनुपरेको थियो। उनको हात भाँचिएको छ भने टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। उनको थप उपचारका लागि दिल्लीमा आवश्यक व्यवस्था मिलाइएको जनाइएको छ।

अनमोलको सकुशल घरफिर्तीका लागि सहयोग र पहल गर्ने सबैप्रति परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande