
गुवाहाटी, 06 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शुक्रवार गुवाहाटीको पाण्डु बन्दरगाहमा आयोजित विशेष कार्यक्रममा ब्रह्मपुत्र नदीमा 6 वटा डुङ्गाहरूलाई हरियो झण्डी देखाए। उनले एनसीसी क्याडेटहरूको विश्वनाथदेखि पाण्डु बन्दरगाहसम्म आयोजित नौकायन अभियानलाई पनि हरियो झण्डी देखाए।
48 असम नेवल यूनिट एनसिसीका क्याडेटहरूले अभियानमा भाग लिएर सफलतापूर्वक आफ्नो यात्रा पूरा गरे। मुख्यमन्त्रीले भने, क्याडेटहरूले अहोम सेनापति लचित बरफुकनको शौर्य एवं वीरताबाट प्रेरित भएर यस साहसी अभियानमा भाग लिएका हुन्।
क्याडेटहरूको साहसी प्रयासको प्रशंसा गर्दै उनले यस्ता गतिविधिहरूले युवाहरूमा साहस, अनुशासन एवं देशभक्तिको भावनालाई बलियो बनाउने बताए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा