असम : ओयल इन्डियाको कलेक्टिङ स्टेशनमा विस्फोटपछि आगलागी, एक जनाको मृत्यु र छह जना घाइते
Image of the Fire At Oil India Station In Tengakhat.


डिब्रुगढ (असम), ०६ नोभेम्बर (हि.स.)। असमको डिब्रुगढ़ जिल्लाको टेंगाखात स्थित ओयल इन्डिया लिमिटेड (ओआईएल) को परिसरमा शुक्रवार बिहान ठूलो दुर्घटना भएको छ। यहाँ स्थित ओयल कलेक्टिङ स्टेशन (ओसीएस) को इन्टरमिडिएट ट्याङ्क फार्म (आईटीएफ) मा विस्फोट भएपछि आगलागी भएको हो। यस दुर्घटनामा एक कर्मचारीको मृत्यु भएको छ भने अन्य छह जना कर्मचारी गम्भीर रूपमा जलेर घाइते भएका छन्। मृतकको पहिचान राजु दत्ताका रूपमा भएको छ।

प्रारम्भिक जानकारी अनुसार, ओयल इन्डियाको कच्चा तेल भण्डारण क्षेत्रमा विस्फोट भयो। विस्फोटपछि ट्याङ्क फार्ममा आगोका लप्काहरू उठ्न थालेपछि परिसरमा भागदौड़ मच्चियो। घटनाका बेला त्यहाँ कैयौँ कर्मचारी काम गरिरहेका थिए।

दुर्घटनामा घाइते भएका कर्मचारीहरूको पहिचान टेंगाखात निवासी सैलेन गोगोई (४५), डिब्रुगढ़को मिलन नगर निवासी तापस गोगोई (४०), कुमुद गोगोई (३८), गोलाप दत्ता (५८) र इन्द्र गोगोई (४०) का रूपमा भएको छ। अन्य घाइतेहरूको पहिचानबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande