
गुवाहाटी, 06 नोभेम्बर (हि.स.)। असमले आमा र नवजात शिशुको सुरक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति दर्ता गरेको छ। राज्यमा सङ्क्रमणको कारणले हुने मातृ मृत्युको प्रतिशत गत जुलाई महिनाको 21 प्रतिशतदेखि घटेर अक्टोबरमा आठ प्रतिशतमा झरेको छ।
यस उपलब्धिलाई मान्यता दिँदै केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले असमलाई सङ्क्रमण रोकथाम एवं नियन्त्रणको आफ्नो मोडल अन्य राज्यहरूमा प्रस्तुत गर्न आमन्त्रित गरेको छ।
राज्य सरकारले आमा र नवजात शिशुको सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य सेवालाई अझ सुदृढ़ पार्नेमाथि जोड दिइरहेको छ।
स्वास्थ्यमन्त्री अशोक सिङ्घलले प्रत्येक आमाको सुरक्षा सुनिश्चित गर्न सङ्क्रमण रोकथाम, समयमै रोग पत्ता लगाउने अनि प्रभावकारी उपचार प्रणालीलाई अझ सुदृढट पार्ने प्रयास जारी रहने बताए। उनले मातृ स्वास्थ्य सेवाहरू सुधार गर्न अनि राज्यभरि राम्रो स्वास्थ्य परिणाम सुनिश्चित गर्ने सरकारको प्रतिबद्धतालाई दोहोऱ्याए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा