मुख्यमन्त्री हेमन्तले धनतेरसमा दिए शुुभकामना, सुख-समृद्धि एवं सुस्वास्थ्यको कामना गरे
The image shared by Assam CM Dr Himanta Biswa


गुवाहाटी, 06 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले शुक्रवार धनतेरसको शुभ अवसरमा राज्यवासीहरूलाई शुभकामना दिए। उनले प्रत्येक असमियाको जीवन धन, समृद्धि र सुस्वास्थ्यले भरिएको होस् भनी कामना गरे।

सामाजिक सञ्जालमा दिएको सन्देशमा मुख्यमन्त्रीले भने, माता लक्ष्मी एवं भगवान धनवन्तरीको आशीर्वादले हरेक परिवारको जीवनमा शान्ति, आनन्द अनि सौभाग्य लिएर आओस्।

समृद्धिको सुनौलो प्रकाश सबैको जीवनमा फैलियोस् अनि हरेक दिन नयाँ आशा र खुशीले भरिएको होस्, उनले कामना गरे।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande