
जलपाईगुडी, 06 नोभेम्बर (हि.स.)। शुक्रवार बिहान शहरमा भएको सड़क दुर्घटनामा एकजना साइकल सवारको मृत्यु भयो। यो दुर्घटना दिनबजार पुरानो मस्जिद नजिकै भएको हो जसले सम्पूर्ण क्षेत्रमा खैलाबैला मच्चायो। यो समाचार लेखुञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन।
स्थानीय सूत्र अनुसार मृतक साइकलमा आफ्नो घर फर्किरहेका थिए। यसैबीच एउटा अज्ञात वाहनले उनलाई भयानक ठक्कर दियो। सड़कमा शव लड़िरहेको देखेर बिहान-बिहानै स्थानीयको भीड जम्मा भयो भने क्षेत्रमा खैलाबैला मच्यियो।
घटनापछि स्थानीयहरूले बुद्धिमता देखाउँदै दुर्घटनास्थलदेखि केही टाढा ट्रकलाई रोके। यसै ट्रकको ठक्करले यो दुर्घटना भएको हुनसक्ने आशङ्का व्यक्त गरिएको छ। तर स्थिति थाहा पाएपछि ट्रकका चालक र सहयोगी घटनास्थलबाट भागे।
घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जा गरी पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले मृतकको पहिचान खुलाउने प्रयास गरिरहेको छ भने भगौड़ा चालक र खलासीलाई पनि खोजिरहेको छ।
/ बिशाल