असमको उदारबन्दमा फर्निचर पसल जलेर स्वाहा
Fire आग


कछार (असम), 06 नोभेम्बर (हि.स.): असमको कछार जिल्लास्थित उदारबन्दमा गए बिहीवार राती आगलागी हुँदा एउटा फर्निचर पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आज प्राप्त प्रारम्भिक जानकारी अनुसार बिजुलीको सर्ट सर्किटको कारणले आगलागी भएको हो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण पसललाई आफ्नो चपेटमा लियो जसबटा पसलमा राखिएका सामानहरू आगोमा जलेर नष्ट भयो।

आगलागीबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको छ। दुर्घटनामा कोही पनि घाइते भएका छैनन्।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande