
गान्तोक, 06 नोभेम्बर हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले दीपावलीको पावन अवसरमा लोकभवनका अधिकारीहरू, कर्मचारी तथा भारत तिब्बत सीमा पुलिस बलका जवानहरूसँग दीपावलीको खुशी साटासाट गर्दै सबैको सुख, समृद्धि, सुस्वास्थ्य र खुशहालीको कामना गरेका छन्।
लोकभवन परिसरमा आयोजित दीपावली मिलन समारोहमा राज्यपालका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे लगायत लोकभवनका वरिष्ठ अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
लोक भवनका अनुसार, राज्यपाल गौतम बुर्तुक हेलिप्याड पनि पुगे। त्यहाँ उनले हवाई सेवा तथा सुरक्षा व्यवस्थामा खटिएका विभिन्न विभागका कर्मचारी र प्राविधिक टोलीसँग दीपावलीको शुभकामना आदानप्रदान गर्दै मिठाई वितरण गरे।
बुर्तुक हेलिप्याडमा राज्यपालले विशेष रूपमा स्काईवन एयरवेजका विमान चालक तथा चालक दल, सिक्किम पर्यटन विकास निगम (एसटीडीसी) का कर्मचारी, अग्निशमन विभागका सुरक्षाकर्मीहरू, विशेष शाखाका सुरक्षाकर्मीहरू तथा उपस्थित प्रशासनिक र पुलिस अधिकारीहरूलाई मिठाई प्रदान गरे।
यस अवसरमा उपस्थित सबैले राज्यपालप्रति आभार व्यक्त गर्दै उनलाई पनि दीपावलीको शुभकामना दिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल