
गुवाहाटी, ०6 नोभेम्बर (हि.स.)। गुवाहाटीको अहोम गाउँमा गरचुक पुलिसले एउटा अभियान सञ्चालन गरी तीनजना सन्दिग्ध ड्रग्स तस्करहरूलाई पक्राउ गरेको छ।
पुलिसले शुक्रवार बतायो, कारबाहीको क्रममा ड्रग्स सहित दुई वटा वाहनलाई पनि जफत गरियो। पक्रा पर्ने अभियुक्तहरूलाई मन्नान अहमद, अचोबा मोहम्मद र हिम्मत खानका रूपमा पहिचान गरिएको छ।
पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ। जफत गरिएको ड्रग्सको श्रोत र तस्करीमा संलग्न अन्य व्यक्तिहरूको बारेमा पनि जानकारी जुटाइरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा