
हुगली, 06 नोभेम्बर (हि.स.)। देशको स्वतन्त्रताको 79 वर्ष बितिसकेपछि पनि हुगली जिल्लाको एउटा गाउँमा बिजुली थिएन। अन्ततः दीपावलीअघि तारकेश्वर विधानसभा निर्वाचन क्षेत्रको अस्त्रदत्तपुर गाउँमा पहिलोपटक बिजुली पुग्यो। बिजुली बत्तीको प्रकाश पाएर गाउँका करिब 400 आदिवासी परिवारहरू हर्षित भएका छन्।
स्थानीय बासिन्दाहरू अनुसार गाउँमा केही वर्षअघि बिजुलीका खम्बाहरू लगाइएको भए पनि त्यसमा तार जड़ान गरिएको थिएन। गाउँलेहरू अहिलेसम्म बिजुलीबाट वञ्चित थिए। सबैभन्दा बढ़ी पीडित गाउँका बाल-बालिका एवं विद्यार्थीहरू थिए जसले साँझपछि अध्ययन गर्नमा कठिनाइ भोग्नुपरेको थियो।
स्वतन्त्रतापछि पहिलोपटक आफ्नो गाउँमा बिजुली पुगेकोमा स्थानीय बासिन्दा रुई बारीले खुसी व्यक्त गरे। तर उनले अघिल्लो तृणमूल सरकारले राजनीतिक कारणले गाउँमा बिजुली नदिएको आरोप पनि लगाए।
भाजपा विधायक सन्तु पानले दाबी गरे, गाउँका मानिसहरूले वर्ष 1997-98-देखि नै भाजपालाई भोट दिँदै आइरहेका छन् जसकारणले यो गाउँ लामो समयदेखि बिजुलीदेखि वञ्चित रहँदै आएको थियो। विधायक अनुसार चुनाउ अभियानको क्रममा गाउँलेको समस्या थाहा पाएपछि आफूले जितेमा पहिले बिजुली दिने वाचा गरेका थिए।
जिल्ला विद्युत विभागले करिब एक महिनाअघि घर-घरमा मिटर जड़ान गर्ने काम शुरु गरेको सन्तुपानले बताए। बीपीएल सूचीमा परेका परिवारहरूलाई निःशुल्क बिजुली जड़ान दिइनेछ। अहिलेसम्म 50 वटा घरमा नयाँ मिटर बक्स जड़ान गरिसकिएको छ भने सयभन्दा बढ़ी परिवारहरूलाई विद्युत् कनेक्शनको दायरभित्र ल्याउने प्रक्रिया चलिरहेको छ।
गाउँका सबै परिवार आदिवासी समुदायका हुन् र उनीहरूको जीविकोपार्जन मुख्यतया खेतीमा निर्भर छ। लामो प्रतिक्षापछि गाउँमा बिजुली पुग्नु यी परिवारहरूका लागि दीपावलीअघि प्रकाशको पर्वभन्दा कम भएको छैन।
--------
हिन्दुस्तान समाचार/धनञ्जय पाण्डे/गङ्गा
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा