
नयाँ दिल्ली, ०६ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मुले शुक्रवार झारखण्डको खूंटी जिल्लामा भएको सड़क दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उक्त दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
राष्ट्रपति मुर्मुले एक्समा लेखेकी छन्, “झारखण्डको खूंटी जिल्लामा भएको सड़क दुर्घटनामा मानिसहरूको मृत्यु भएको खबर अत्यन्तै दुःखद छ। म शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। यस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
उल्लेखनीय छ, कर्रा थाना क्षेत्र अन्तर्गत कर्रा-तोरपा मुख्य सडकमा जोने-लुदरू मोडनजिक बिहिवार अबेर राति भएको सड़क दुर्घटनामा सात जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीहरूले शुक्रवार बिहान रेलवे फाटक नजिक सड़क अवरुद्ध गरे।
दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र सड़क सुरक्षाको व्यवस्था गर्न माग गर्दै स्थानीयवासीहरूले सड़क अवरुद्ध गरेका हुन्।
हिन्दुस्थान समाचार / भवानी थामी