
नयाँ दिल्ली, ०६ नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र लोकसभा अध्यक्ष ओम बिरलाले झारखण्डको खूंटी जिल्लामा भएको सड़क दुर्घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन्। उक्त दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
उपराष्ट्रपतिले एक्समा लेखेका छन्, “झारखण्डको खूंटीमा भएको दुःखद सड़क दुर्घटनामा मानिसहरूको ज्यान गएको घटनाले गहिरो दुःख लागेको छ। पीड़ित परिवारहरूप्रति मेरो गहिरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
प्रधानमन्त्रीले यस दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
लोकसभा अध्यक्षले पनि दुःखको यस घड़ीमा पीड़ित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि ईश्वरसँग प्रार्थना गरेका छन्।
उल्लेखनीय छ, खूंटी जिल्लाको कर्रा थाना क्षेत्र अन्तर्गत कर्रा–तोरपा मुख्य सड़कमा जोने–लुदरू मोडन जिक बिहिवार अबेर राति भीषण सड़क दुर्घटना भयो। उक्त दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने कैयौँ व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी