अमृतसरबाट पश्चिम बंगाल जाँदै गरेको कर्मभूमि एक्सप्रेसका चार वटा डिब्बामा आगलागी
पंजाब के राजपुरा में कर्मभूमि एक्सप्रेस में लगी आग


- राजपुरा रेलवे स्टेशनमा रोकियो रेल, यात्रुहरूबीच भागदौड़

चण्डीगढ़, ०६ नोभेम्बर (हि.स.)। पञ्जाबको अमृतसरबाट पश्चिम बंगालको जलपाइगढ़ी जाँदै गरेको कर्मभूमि एक्सप्रेसका चार वटा डिब्बामा शुक्रवार आगलागी भएको छ। आपत्कालीन अवस्थामा रेललाई पटियाला जिल्लाको राजपुरा रेलवे स्टेशनमा रोकियो। आगलागीका कारण यात्रुहरूबीच भागदौड़ मच्चियो। यस घटनाका कारण रेलवेले आठवटा रेलको मार्ग परिवर्तन गरेको छ।

रेलवे अनुसार, रेल नम्बर १२५०८ कर्मभूमि एक्सप्रेसका चार वटा जनरल डिब्बामा आगलागी भएको सूचना प्राप्त भएको थियो। उक्त रेल दिउँसो १२:५८ बजी फतेहगढ़ साहिबको साधुगढ़ रेलवे स्टेशनबाट प्रस्थान गरेको थियो। त्यसको केही समयपछि इन्जिनबाट पाँचौँ डिब्बा नम्बर २६५२८७ जीएससम्म आगो लागेको जानकारी प्राप्त भयो।

इन्जिनबाट पाँचौँ डिब्बासम्म आगो फैलिएको सूचना प्राप्त हुनासाथ रेलवे प्रशासन, दमकल विभाग तथा उद्धार टोलीहरू घटनास्थलमा पुगे। उनीहरूले यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाली स्थितिलाई नियन्त्रणमा लिए। रेलवेले घटनाको अनुसन्धान शुरु गरेको छ।

प्रारम्भिक रूपमा सर्ट सर्किटका कारण आगलागी भएको आशङ्का गरिएको छ। कर्मभूमि एक्सप्रेसमा आगलागीको घटनापछि रेल यातायात प्रभावित भएको छ। यस कारण रेलवेले आठ वटा रेलको मार्ग परिवर्तन गरेको छ। अम्बाला रेल मण्डलद्वारा जारी मार्ग परिवर्तन योजना अनुसार, डाउन दिशाका पाँचवटा र अप दिशाका तीन वटा रेललाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ।

अम्बाला रेलवे मण्डलका जनसम्पर्क अधिकारी नीरजले अमृतसरबाट बंगालतर्फ जाँदै गरेको कर्मभूमि एक्सप्रेसमा आगलागी भएको सूचना प्राप्त भएपछि अम्बाला रेलवे मण्डलको मेडिकल टोली घटनास्थलमा पुगेको बताए। डीआरएम विनोद कुमार भाटिया पनि घटनास्थलमा पुगेका छन्।

उनले अहिलेसम्म यस घटनामा कसैको मृत्यु भएको वा कोही हताहत भएको सूचना प्राप्त नभएको बताए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande