
कोलकाता, ०६ नोभेम्बर (हि.स.)। सामाजिक सञ्जालमा रील बनाउन एक किशोरको शरीरमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा पुलिसले तीन जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्नेमा दुई जना नाबालिग छन्। घटना गत २७ अक्टोबरमा कोलकाताको गरफा क्षेत्रमा भएको हो। शुक्रवार बिहान घटनाको भीडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पुलिसले कारबाही गरेको हो।
पुलिस अनुसार, किशोर कामबाट घर फर्किरहेका बेला केही युवकले उनलाई लेनिन नगर स्थित पोखरी किनारमा लगेर बलजफ्ती हेल्मेट लगाइदिने र आँखामा पट्टी बाँध्ने प्रयास गरे। किशोरले विरोध गरेपछि आरोपीहरूले उनलाई बलजफ्ती पेट्रोल पिलाउने प्रयास समेत गरेको आरोप छ।
भाइरल भीडियोमा एक युवकले स्कुटीको सिटमुनिबाट पेट्रोलको बोतल निकालेर किशोरको शरीरमा खन्याएको र अर्का युवकले सलाइ बालेर आगो लगाएको देखिन्छ। आगो लागेपछि किशोर चिच्याउँदै भागेका थिए। स्थानीयले उनलाई उद्धार गरी अस्पताल पुर्याए। घटनामा उनको छाती र पेट जलेको छ। हाल उनको अवस्था स्थिर रहेको बताइएको छ।
पुलिस अनुसार, आरोपीहरूले घटनाको भीडियो मोबाइलमा रेकर्ड गरेका थिए। प्रारम्भिक अनुसन्धानमा सामाजिक सञ्जालमा रील बनाउन घटना गराइएको आशङ्का गरिएको छ। तर पीड़ित परिवारले लगभग छह महिनाअघि एक आरोपीसँग लिएको ५०० रुपियाँ ऋण फिर्ता गरिसक्दा पनि उनलाई निरन्तर दुःख दिने गरेको आरोप लगाएको छ।
पीड़ित परिवारको उजुरीका आधारमा गरफा थाना पुलिसले तीन जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
/ बिशाल