
नगाउँ (असम), ०6 नोभेम्बर (हि.स.)। बितेको राती नगाउँ जिल्लामा अवैध गाई तस्करीविरुद्ध पुलिसद्वारा सञ्चालित अभियानमा कलियाबोर पुलिसले ठूलो सफलता हासिल गरेको छ। पुलिसले राती छापामारी गरी 38 वटा गाईवस्तु लादिएको कन्टेनर ट्रकलाई जफत गर्न सफल भयो।
कलियाबर पुलिसले आज बताएको छ, पुलिसको टीमलाई गुप्त सूचना प्राप्त भएको थियो कि एकजना ठूला अपराधीले राती अँध्यारोमा कन्टेनर ट्रक मार्फत अवैध रूपमा गाईवस्तु तस्करी गरिरहेको छ। पुलिसले नाका लगाएर वाहनलाई रोक्यो अनि जाँच गऱ्यो। यस कारबाहीमा पुलिसले एउटा कन्टेनर ट्रक (जेएच-01सीएच-1159) जफत गऱ्यो। वाहनको खोजी गर्दा भित्र 38 वटा गाईवस्तुहरू फेला पऱ्यो जसलाई निर्दयतापूर्वक लादिएको थियो। यीमध्ये एउटा मृत्यु भइसकेको थियो। पुलिसको प्रारम्भिक सोधपुछमा गाईवस्तुहरू शिवसागर जिल्लाबाट नगाउँको रुपहीहाटमा लगिएको खुलासा भएको छ। पुलिस ट्रक चालकलाई पक्राउ गरी घटनाको अग्रिम अनुसन्धान गरिरहेको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा