ड्यूटी गर्दागर्दै घाइते भएका पुलिसकर्मीहरूलाई आर्थिक सहायता दिइने
ड्यूटी गर्दागर्दै घाइते भएका पुलिसकर्मीहरूलाई आर्थिक सहायता दिइने


नयाँ दिल्ली, ०6 नोभेम्बर (हि.स.): दिल्लीमा कानुन- व्यवस्था कायम राख्ने क्रममा घाइते भएका पुलिसकर्मीहरूलाई दिल्ली पुलिसले आर्थिक सहायता प्रदान गर्ने भएको छ। पुलिस आयुक्त अनुराग कुमारले यस वर्ष विभिन्न अवसरमा कर्तव्य निर्वाह गर्ने क्रममा घाइते भएका पुलिस कर्मचारीहरूका लागि आर्थिक सहयोग स्वीकृत भएको छ।

यसा अन्तर्गत गम्भीर रूपमा घाइते पुलिसकर्मीहरूलाई 25 हजार रुपियाँ र अन्य गम्भीर चोटको सामना गर्ने जवानहरूलाई 15 हजार रुपियाँ दिइनेछ। यो रकम 'दिल्ली पुलिस वेलफेयर सोसाइटी फण्ड'- बाट दिइनेछ। दिल्ली पुलिसको भनाइ छ, 'वेलफेयर युनिट'- ले जवान र तिनीहरूका परिवारको कल्याणका लागि निरन्तर काम गरिरहेको छ।

दिल्ली पुलिस अनुसार यस वर्ष विभिन्न कानुन- व्यवस्थासित सम्बन्धित छुट्टा-छुट्टै कर्तव्य पालनमा 250 भन्दा बढ़ी पुलिसकर्मीहरू घाइते भएका छन्। प्रदर्शन, धरना र अन्य कानुन-व्यवस्था सम्बन्धी प्रबन्धको क्रममा यी पुलिसकर्मीहरू घाइते भएका थिए। उनीहरूको सेवा अनि समर्पणलाई ध्यानमा राख्दै पुलिस आयुक्तले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।

यस योजना अन्तर्गत गम्भीर घाइते पुलिस कर्मचारीहरूले 25 हजार रुपियाँ र अन्य गम्भीर घाइते भएका जवानहरूले 15 हजार रुपियाँ पाउनेछन्। यसबाहेक कुनै विशेष मामिलामा थप आर्थिक सहयोग चाहिएको खण्डमा सम्बन्धित जिल्लाका डीसीपीले थप सहयोगको लागि प्रस्ताव पठाउन सक्नेछन्। यस्ता मामिलाहरूलाई छुट्टै विचार गरिनेछ।

उल्लेखनीय छ, दिल्ली पुलिसले पछिल्लो वर्ष 2023- मा कर्तव्य पालन गर्दागर्दै घाइते भएका पुलिसकर्मीहरूलाई सम्मान गर्न 'आहट वीर सम्मान पत्र' शुरु गरेको थियो। यसान्तर्गत दङ्गा, प्रदर्शनलाई नियन्त्रण गर्ने वा अपराधीहरूलाई समात्दा घाइते भएका पुलिसकर्मीहरूको योगदानलाई सम्मान गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande