रायगञ्जको कुलिक जङ्गलमा 13 वर्षीया बेपत्ता किशोरीको नग्न शव भेटियो, बलात्कारपथि हत्या भएको शङ्का
रायगञ्जको कुलिक जङ्गलमा 13 वर्षीया बेपत्ता किशोरीको नग्न शव भेटियो, बलात्कारपथि हत्या भएको शङ्का


कोलकाता, ०6 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको उत्तर दिनाजपुर जिल्लास्थित रायगञ्जमा हृदयविदारक घटना प्रकाशमा आएको छ। गत मङ्गलवारदेखि बेपत्ता भएकी 13 वर्षीया बालिकाको नग्न शव गए बिहीवार राती कुलिक जङ्गलबाट बरामद गरियो। यस वीभत्स घटनाले यस क्षेत्रभरि शोकको लहर अनि आक्रोश निम्त्याएको छ। पुलिसले बिहीवार राती शव बरामद गरी पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

प्रारम्भिक रूपमा बलात्कारपछि प्रमाण नष्ट गर्ने उद्देश्यले नाबालिकाको निर्दयतापूर्वक हत्या गरिएको आशङ्का व्यक्त गरिएको छ।

प्राप्त जानकारी अनुसार पीडिता रायगञ्जकी बासिन्दा थिइन्। मृतकका बुवाले बताए, गत मङ्गलवार तिनी साइकल मार्फ्त एक एनजीओ कार्यकर्ताको घरमा लुगा लिनका लागि निक्लिएकी थिइन्। तर अबेर रातीसम्म तिनी घरमा नफर्किएपछि चिन्तित परिवारका सदस्यहरूले तिनलाई हरेक सम्भावित ठाउँमा खोज्न थाले। सबैतिर खोज्दा पनि कुनै पत्तो नलागेपछि परिवारले स्थानीय पुलिस स्टेशनमा बेपत्ता भएको उजुरी दिए।

गए बिहीवार साँझ केही स्थानीय मानिसहरू कुलिक जङ्गलको किनारबाट गुज्रिरहेका थिए, उनीहरूले कड़ा दुर्गन्ध महसूस गरे। जब उनीहरू नजिक पुगे त्यहाँ एउटा डरलाग्दो दृश्यको सामना गरे। त्यहाँ नाबालिकाको नग्न शव जङ्गलमा लड़िरहेको थियो। स्थानीयहरूले तुरुन्तै पुलिसलाई जानकारी दिए। पुलिस घटनास्थलमा पुग्यो अनि परिस्थितिको जायजा लिएपछि राती नै शवलाई पोस्टमर्टम गर्नको लागि रायगञ्ज मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।

पुलिसले यस जघन्य अपराधको गहिराइसम्म पुग्न विस्तृत अनुसन्धान शुरु गरेको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै वरिष्ठ अधिकारीहरूले बिहीवार राती धेरै पटक बैठक गरे। कुलिक जङ्गल सहित छेउछाउका क्षेत्रहरूमा व्यापक खोजी अभियान चलाइयो। पुलिसले त्यस क्षेत्रको सीसीटिभी फुटेजको जाँच गरिरहेको छ ताकि यो पत्तो लगाउन सकियोस् कि नाबालिका कुन-कुन बाटो भएर गुज्रिएकी थिइन् र उसित को-को थिए।

अनुसन्धान अधिकारीहरूले भने, प्रथम दृष्टया यो बलात्कार र हत्याको घटना प्रतीत भएको छ, तर मृत्यु अनि शारीरिक आक्रमणको सही कारण पोस्टमर्टम रिपोर्ट आएपछि मात्र आधिकारिक रूपमा पुष्टि हुनेछ। यसैबीच मृतकाका शोकाकुल तथा आक्रोशित परिवारका सदस्यहरूले दोषीलाई तत्काल पक्राउ गरी कड़ा सजायको माग गरेका छन्। पुलिस प्रशासनले परिवारलाई आश्वासन दिएको छ, सम्पूर्ण सत्यता चाँडै खुलासा हुनेछ अनि दोषीहरूलाई कुनै पनि मूल्यमा छोड़िने छैन।

/ बिशाल


 rajesh pande