
डालखोला, ०६ नोभेम्बर (हि.स.)। चाड़पर्वको मौसम र दीपावलीअघि उत्तर बंगालमा लागुऔषध तस्करी विरुद्ध पुलिसले ठूलो सफलता हासिल गरेको छ। शुक्रवार बिहान डालखोला थाना पुलिसले अभियान चलाएर १ किलो १०६ ग्राम ब्राउन शुगर सहित माल्दाका दुई जना तस्करलाई पक्राउ गरेको छ।
पक्रा पर्नेहरूको पहिचान निजामुल मोमिन र जिनातुन फिरदौसका रूपमा भएको छ। दुवै जना माल्दा जिल्लाको कालियाचक थाना क्षेत्रका निवासी हुन्। पुलिसले तस्करीमा प्रयोग गरिएको एउटा स्कोर्पियो गाड़ी र केही मोबाइल फोन समेत जफत गरेको छ।
पुलिस स्रोत अनुसार, शुक्रवार बिहान एउटा गाड़ी मार्फत ठूलो परिमाणमा लागुऔषध तस्करी भइरहेको सूचना प्राप्त भएको थियो। त्यसपछि पुलिसले राष्ट्रिय राजमार्ग–२७ को बस्ताडांगी क्षेत्रमा नाकाबन्दी गरी सवारीसाधन जाँच शुरु गरेको थियो।
सोही क्रममा शङ्कास्पद स्कोर्पियो रोकेर तलासी गर्दा ११ वटा प्याकेटमा राखिएको १ किलो १०६ ग्राम ब्राउन शुगर जफत भएको हो।
पुलिस अनुसार, उक्त लागुऔषध बिक्रीका लागि पुर्याउन लगिँदै थियो। यस अभियानको नेतृत्व डालखोला पुलिस महकुमाका एसडीपीओ चैतन्य खेमानी र आईसी शंख चटर्जीले गरेका थिए। पक्रा परेका आरोपीहरूलाई रायगञ्ज विशेष अदालतमा पेश गर्ने तयारी भइरहेको पुलिसले जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी