
गुवाहाटी, 06 नोभेम्बर (हि.स.)। गुवाहाटी पुलिसले अवैध रूपमा झाण्डी मुण्डी जुवा सञ्चालन गरेको आरोपमा तीन जना मानिसहरूलाईलाई पक्राउ गरेको छ। यो अभियान गए राती बालुघाटको कामरूपकाटा क्षेत्रमा भएको हो।
गुवाहाटी पुलिस कमिश्नरेट अनुसार बशिष्ठ पुलिस स्टेशनको नेतृत्वमा पूर्वी गुवाहाटी पुलिस जिल्ला (ईजीपीडी)- को टोलीले उक्त स्थानमा छापामारी गरी तीन जना अभियुक्तहरूलाई पक्राउ गऱ्यो।
पक्रा परेका अभियुक्तहरूको क्रमैले नलबाड़ी निवासी दीपक शर्मा (35), वशिष्ठका नारायण कालिता (33) अनि कृष्ण राजखोवा (32) को रूपमा पहिचान भएको छ।
पुलिसले घटनास्थलबाट एउटा झाण्डी मुण्डी बोर्ड, छ वटा पासा, एउटा पासा बक्स, तीनवटा मोबाइल फोन र दुई हजार रुपियाँ जफत गऱ्यो।
अभियुक्तहरूविरुद्ध कानुनी कारबाही शुरु गरिएको पुलिसले जनाएको छ।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा