आईआईटी खड़गपुरमा  देशको विकास यात्रामाथि युवाहरूसँग विचार-विमर्श गरियो
विकसित भारत युवा संवाद में उपस्थित paddhikaro


विकसित भारत युवा संवाद में उपस्थित paddhikaro


खड़गपुर, ०6 नोभेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्ला भाजपाका अध्यक्ष सोमेन तिवारी शुक्रवार आईआईटी खड़गपुर परिसरमा अवस्थित कालिदास अडिटोरियम (तक्षशिला)- मा आयोजित 'विकसित भारत-47 युवा सम्वाद' कार्यक्रममा सहभागी भए। बिहान 10 बजे आयोजित कार्यक्रममा प्रदेश भाजपाका युवा मोर्चा अध्यक्ष अमित सामन्त, प्रदेश सचिव सोनाली मुर्मू सोरेन सहित अन्य प्रमुख पदाधिकारी तथा सङ्गठनका नेताहरू उपस्थित थिए।

यस कार्यक्रममा युवाहरूको सहभागितासितै आगामी वर्ष 2047 सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यमाथि चर्चा गरियो। देशको आर्थिक प्रगति, सामाजिक विकास, शिक्षा, कौशल विकास, रोजगारी, नवप्रवर्तन एवं राष्ट्र निर्माणमा युवाहरूको भूमिका जस्ता विषयमा विचार-विमर्श गरियो।

यस सम्वादको मुख्य उद्देश्य युवाहरूलाई देशको विकास सम्बन्धी परिकल्पनासँग जोड्नु अनि राष्ट्रको भविष्यलाई लिएर उनीहरूको विचार र सुझाउहरू प्राप्त गर्नु थियो। आगामी वर्ष 2047- मा भारतको स्वतन्त्रताको 100 वर्ष पूरा हुनेछ। यस ऐतिहासिक क्षणसम्ममा भारतलाई विकसित राष्ट्र बनाउने दृष्टिकोणलाई 'विकसित भारत-1947' नाम दिइएको छ। यस दृष्टिकोणमा आर्थिक प्रगतिको साथसाथै सामाजिक प्रगति, वातावरणीय स्थिरता एवं सुशासनलाई पनि महत्त्वपूर्ण स्थान दिइएको छ।

विकसित भारतको दृष्टिकोणले युवाहरूलाई सरकारी योजनाहरूको लाभार्थीका रूपमा मात्र नभई राष्ट्र निर्माणमा सक्रिय सहभागीका रूपमा देख्छ। शिक्षा, कौशल विकास, उद्यमशीलता, खेलकुद र सामाजिक सहभागिताका माध्यमबाट युवा शक्तिलाई देशको विकास यात्रासँग जोड्ने कुरामा जोड़ दिइरहेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande