एसटीएफको ठूलो कारबाही, प्रचुर मात्रामा हतियार एवं  विस्फोटक जफत
एसटीएफ की कार्रवाई में भारी मात्रा में हथियार और विस्फोटक बरामद


कोलकाता, ०6 नोभेम्बर (हि.स.): पश्चिम बङ्गाल पुलिसको विशेष कार्य बल (एसटीएफ) ले राज्यमा अवैध हतियार एवं विस्फोटकविरुद्ध सञ्चालित अभियानमा ठूलो सफलता हासिल गरेको छ। बीरभूम जिल्लाको मुरारई पुलिस स्टेशन अन्तर्गतको बड़ुआ गोपालपुर गाउँमा शुक्रवार भोर बिहान विशेष कारबाहीमा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरियो। यस मामिलामा दुई जना अभियुक्त पक्राउ गरिएको छ जसको मोहम्मद रेजा शेख र मुकेश सिंहको रूपमा पहिचान भएको छ।

एसटीएफको टीमले गाउँमा अपराधीहरूको एक गोप्य ठेगानामा छापामारी गऱ्यो। खोजीको क्रममा 1,150 जिलेटिन स्टिक, 989 डेटोनेटर र 12,000 मीटर डेटोनेटिङ्ग कर्ड बरामद गरियो। यति धेरै सङ्ख्यामा विस्फोटकहरू कुन उद्देश्यका लागि जम्मा गरिएको थियो र कहाँबाट ल्याइएको थियो, पत्तो लगाउन अनुसन्धान भइरहेको छ। अनुसन्धान एजेन्सीहरूले यसको पछाडि कुनै विध्वंसक गतिविधिको योजना थियो कि भन्ने प्रश्नको पनि जाँच गरिरहेका छन्।

यस सम्बन्धमा निर्धारित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको छ। पक्रा परेका अभियुक्तहरूसित सोधपुछ भइरहेको छ। यता बरामद गरिएका विस्फोटकहरूको सम्भावित प्रयोग र योसँग सम्बन्धित अन्य पक्षहरूको विशेष कार्य बलको आतङ्कवाद विरोधी टीम (एटिएस)- ले अनुसन्धान गरिरहेको छ।

अर्कातिर राज्यका विभिन्न भागमा अवैध आग्नेयास्त्रहरू जफत गर्नको लागि लागि एसटीएफको कारबाही जारी छ। यसै क्रममा गत 3 र 5 नोभेम्बरमा भएको दुई छुट्टै कारबाहीमा आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेट पाण्डवेश्वर पुलिस थाना क्षेत्रबाट 21 वटा अवैध बन्दुक र 65 वटा कारतुस बरामद गरिएको थियो।

यस कारबाहीमा पक्रा परेका अभियुक्त शेख शाहजहाँको अवैध कोइला व्यापारमा संलग्नता रहेको जानकारी प्रकाशमा आएको छ। सोही मुद्दाको अनुसन्धानको क्रममा अन्य दुई जना अभियुक्त खैरुल आलम र मोहम्मद समशेरलाई पनि पक्राउ गरिएको छ। उनीहरूबाट 17 वटा अवैध बन्दुक अनि 57 वटा कारतुस बरामद गरिएको छ।

पुलिस सूत्र अनुसार अवैध हतियार र विस्फोटक पदार्थको भण्डारण तथा आपूर्तिमा संलग्न नेटवर्कको पत्तो लगाउन अनुसन्धान भइरहेको छ। अवैध हतियार एवं विस्फोटकविरुद्ध यस्तो कारबाही राज्यमा जारी रहने एसटीएफले स्पष्ट पारेको छ।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande