‘वन्दे मातरम्’ रचनाको १५१ वर्ष पूरा, राष्ट्रपति र ओम बिरला सहित धेरै नेताद्वारा शुभकामना व्यक्त
प्रतीकात्मक


नयाँ दिल्ली, ०७ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू, लोकसभा अध्यक्ष ओम बिरला तथा केन्द्रिय कपड़ा मन्त्री गिरिराज सिंह सहित धेरै नेताहरूले शनिवार राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को रचना भएको १५१ वर्ष पूरा भएको अवसरमा देशवासीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।

राष्ट्रपतिले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै भनेकी छन्, “राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को रचना भएको १५१ वर्ष पूरा भएको अवसरमा म सबै देशवासीलाई हार्दिक बधाई दिन्छु। स्वतन्त्रता सङ्ग्रामका क्रममा यो गीत देशभक्तहरूका लागि साहस, एकता र सङ्कल्पको प्रतीक बनेको थियो। आज पनि यसले हाम्रो राष्ट्रिय पहिचान, आत्मसम्मान र मातृभूमिप्रतिको समर्पणलाई दर्शाउँछ। मलाई आशा छ, देशवासीहरूले ‘वन्दे मातरम्’ मा निहित ‘राष्ट्र सर्वोपरि’ को भावनालाई आत्मसात् गर्नेछन् र राष्ट्र निर्माणमा आफ्नो योगदान दिनेछन्।”

लोकसभा अध्यक्षले ‘वन्दे मातरम्’ भारत माताप्रतिको श्रद्धा र देशभक्तिको अमर गीत भएको बताउँदै यो भारतको राष्ट्रिय चेतना, आत्मसम्मान र एकताको सशक्त प्रतीक रहेको बताएका छन्।

केन्द्रिय कपड़ा मन्त्रीले भारत माताको चरणमा समर्पित यस प्रेरणादायी गीतले प्रत्येक भारतीयको हृदयमा देशप्रति असीम प्रेम र देशभक्तिको भावना जगाउने बताएका छन्।

केन्द्रिय कृषि तथा किसान कल्याण मन्त्रीले ‘वन्दे मातरम्’ भारतको आत्माको आवाज भएको बताएका छन्। यसले सबैलाई आफ्नो मातृभूमिलाई प्रेम गर्न, त्यसप्रति समर्पित हुन र यसको सेवा गर्न प्रेरणा दिने उनले बताए। स्वतन्त्रता सङ्ग्रामका क्रममा यस गीतले मानिसहरूको हृदयमा स्वतन्त्रताको भावना जगाउनुका साथै देशलाई एकजुट बनाउन सहयोग गरेको थियो। भारत माताको स्वतन्त्रताका लागि आफ्नो सर्वस्व न्योछावर गर्ने वीर क्रान्तिकारीहरूलाई उनले कोटि-कोटि नमन गरेका छन्।

उल्लेखनीय छ, साल १८७५ मा बङ्किमचन्द्र चट्टोपाध्यायद्वारा रचित यो कालजयी गीतले स्वतन्त्रता आन्दोलनका क्रममा देशभरिका मानिसहरूमा राष्ट्रप्रेमको भावना जगाएको थियो। विशेषगरी साल १९०५ को स्वदेशी आन्दोलनका बेला ‘वन्दे मातरम्’ स्वतन्त्रता सेनानीहरूका लागि प्रेरणाको स्रोत र यस्तो उद्घोष बनेको थियो, जसले विदेशी शासनविरुद्धको सङ्घर्षमा नयाँ ऊर्जा प्रदान गरेको थियो।

यस गीतको प्रत्येक शब्दले मातृभूमिप्रतिको श्रद्धा, त्याग, समर्पण र गौरवलाई दर्शाउँछ। यसले असङ्ख्य क्रान्तिकारी तथा देशवासीहरूलाई राष्ट्रको स्वतन्त्रताका लागि आफ्नो सर्वस्व न्योछावर गर्ने साहस प्रदान गरेको थियो।

/ बिशाल


 rajesh pande