

नयाँ दिल्ली, ०९ नोभेम्बर (हि.स.)। भारत र लेबनानबीच सोमवार यहाँ पहिलो विदेश कार्यालय स्तरीय वार्ता सम्पन्न भयो। यस क्रममा दुवै देशले द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै राजनीतिक–सुरक्षा, आर्थिक तथा सामाजिक–सांस्कृतिक क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरे। दुवै पक्षले व्यापार तथा लगानी, डिजिटल सार्वजनिक पूर्वाधार र औषधि क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिने सहमति जनाए।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको पोस्टमा बताए अनुसार, वार्ताको सह-अध्यक्षता विदेश मन्त्रालयका सचिव (सीपीवी एवं ओआईए) राजदूत श्रीप्रिया रंगनाथन र लेबनानको विदेश तथा प्रवासी मन्त्रालयका महासचिव राजदूत अब्देल सत्तार इस्साले गरे।
वार्ताका क्रममा दुवै देशले आपसी हितका क्षेत्रीय तथा अन्तरराष्ट्रिय मुद्दाहरूबारे पनि विचार आदान-प्रदान गरे। बैठकमा भारत र लेबनानबीच राजनीतिक एवं सुरक्षा सहयोग, आर्थिक सम्बन्ध तथा सामाजिक–सांस्कृतिक आदान-प्रदानका सबै पक्षको समीक्षा गरियो। यसका साथै आपसी हितसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय मुद्दाहरूबारे पनि छलफल भयो।
हिन्दुस्थान समाचार / भवानी थामी