
अहमदाबाद, ०९ नोभेम्बर (हि.स.)। केन्द्रिय गृह तथा सहकारिता मन्त्री अमित शाहले सोमवार अहमदाबादलाई विकास आयोजनाको ठूलो सौगात दिँदै १ हजार ४०० करोड़ रुपियाँका विभिन्न परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गरे।
यस क्रममा उनले ४५० करोड़ रुपियाँभन्दा बढ़ी लागतमा निर्माण गरिएको सरखेज–इस्कोन एलिभेटेड ओभरब्रिजको उद्घाटन गरी जनतालाई समर्पित गरे। यसका साथै वाडज स्थित रामापीर टेकरामा प्रधानमन्त्री आवास योजना अन्तर्गत निर्माण गरिएका घरका लाभार्थीहरूलाई साँचो हस्तान्तरण गरे।
यस अवसरमा शाहले सरखेजबाट गान्धीनगर पुग्न पहिले सवारी चालकहरूलाई धेरै समय लाग्ने गरेको बताए। तर अब ओभरब्रिज सञ्चालनमा आएपछि ट्राफिक सिग्नलमा रोकिनु नपरी सीधै गान्धीनगर पुग्न सम्भव हुने उनले बताए। यसबाट दैनिक दुई लाखभन्दा बढ़ी मानिसलाई आवागमनमा सुविधा पुग्नेछ। एसजी हाइवेमा ट्राफिकको चाप कम हुनेछ र वाईएमसीए, प्रह्लादनगर तथा कर्णावती क्लब जङ्क्सनमा लाग्ने जामबाट पनि राहत मिल्नेछ।
रामापीर टेकराको विकासको उल्लेख गर्दै उनले साल १९८५ मा आफू चुनावी कामका लागि यहाँ आउँदा यस क्षेत्रको अवस्था निकै कठिन रहेको बताए। यहाँ खानेपानी, बालबालिकाको शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सुविधाको अभाव थियो। त्यस समय लगभग ५० देखि ५५ हजार मानिस झुपड़ी बस्तीमा बसोबास गरेर जीवन बिताइरहेका थिए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले साल २००७ मा मुख्यमन्त्री रहेका बेला झुपड़ी बस्तीका बासिन्दाहरूलाई पक्की घर उपलब्ध गराउने योजना शुरु गरेको र मुख्यमन्त्री भूपेन्द्र पटेलले त्यसलाई अगाड़ी बढ़ाइरहेको बताए। आज यहाँका मानिसहरूले स्वच्छ र सुविधा सम्पन्न घर प्राप्त गरिरहेका छन्।
उनले यी आवासीय परिसरहरूमा सामाजिक सुरक्षा, मनोरञ्जन, वाचनालय, शिक्षा र स्वास्थ्य जस्ता सुविधाहरू पनि उपलब्ध हुने बताए। यसबाट नयाँ पुस्ताले राम्रो वातावरण पाउने र बालबालिकालाई पढ़इका लागि प्रोत्साहन मिल्ने उनले बताए। उनले लाभार्थीहरूलाई आफ्ना बालबालिकालाई राम्रो शिक्षा प्रदान गर्न आग्रह पनि गरे।
केन्द्रिय गृहमन्त्रीले कांग्रेसमाथि निशाना साध्दै लामो समयसम्म देश र गुजरातमा शासन गरे पनि रामापीर टेकरा जस्ता क्षेत्रका समस्याहरूमाथि पर्याप्त ध्यान नदिएको बताए। उनले साल १९९५ मा भाजपाका पहिलो पार्षदले चुनाउ जितेपछि यस क्षेत्रमा पार्टीले जनसमर्थन प्राप्त गर्न थालेको बताए। उनले क्षेत्रको विकासप्रति सन्तोष व्यक्त गरे।
उनले गुजरातलाई लागुऔषधमुक्त बनाउने सङ्कल्प दोहोर्याउँदै राज्यलाई ३१ दिसम्बर २०२८ सम्म लागुऔषधमुक्त बनाउने लक्ष्य राखिएको बताए। उनले नागरिकहरूलाई लागुऔषधसँग सम्बन्धित कुनै पनि गतिविधिबारे हेल्पलाइन नम्बर १०३३ मा जानकारी दिन अपील गरे। सूचना दिने व्यक्तिको नाम गोप्य राखिने उनले बताए।
कार्यक्रमका क्रममा अमित शाहले जोधपुरमा नवनिर्मित ‘नलेज हब’ र गोटामा अर्बन हेल्थ सेन्टरको पनि उद्घाटन गरे। यस बाहेक उनले जसपुर वाटर ट्रिटमेन्ट प्लान्टको भूमिपूजन गरे। पश्चिमी अहमदाबादमा बढ्दो जनसङ्ख्यालाई स्वच्छ खानेपानी उपलब्ध गराउने दिशामा यो परियोजना महत्त्वपूर्ण साबित हुने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी