मोदीले जेलेन्स्कीसँग गरे टेलिफोन वार्ता, रुस-युक्रेन संघर्ष समाधानमा सहयोग गर्ने प्रस्ताव
मोदीले जेलेन्स्कीसँग गरे टेलिफोन वार्ता, रुस-युक्रेन संघर्ष समाधानमा सहयोग गर्ने प्रस्ताव


नयाँ दिल्ली, ०९ नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोनमार्फत कुराकानी गरेका छन्। यस क्रममा दुवै नेताबीच रुस-युक्रेन द्वन्द्वसँग सम्बन्धित पछिल्ला घटनाक्रम तथा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार, कुराकानीका क्रममा राष्ट्रपति जेलेन्स्कीले जारी संघर्षका पछिल्ला घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए। प्रधानमन्त्री मोदीले यस संघर्षप्रति भारतको मानवकेन्द्रित दृष्टिकोण दोहोर्‍याउँदै संवाद र कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिए।

उनले संघर्षको शान्तिपूर्ण समाधानका लागि भइरहेका सबै प्रयासमा योगदान दिन भारत तयार रहेको पनि बताए।

यसका साथै दुवै नेताले पारस्परिक लाभका लागि विभिन्न क्षेत्रमा भारत र युक्रेनबीचको द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने उपायबारे विचार-विमर्श गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande