
रायपुर, ०९ नोभेम्बर (हि.स.)। छत्तीसगढको गरियाबन्द जिल्लास्थित राजिम क्षेत्रमा आइतबार राति भएको सडक दुर्घटनामा एउटै परिवारका चार जनाको मृत्यु भएको छ। मृतकमा श्रीमान्, श्रीमती र उनीहरूका दुई छोराछोरी रहेका छन्।
प्राप्त जानकारीअनुसार, रायपुरको लक्ष्मीनगर निवासी शीतल साहू (४४) आफ्नी पत्नी भारती साहू, छोरा र छोरीसहित दीपावली मनाउन आफ्नो गाउँ पसौद फर्किरहेका थिए।
सोमबार बिहान करिब १ बजी अभनपुरको टीला एनीकटनजिक तीव्र गतिमा रहेको उनीहरूको कार अनियन्त्रित भई नदीमा खसेको थियो।
दुर्घटनाको जानकारी पाएपछि स्थानीय बासिन्दाले पुलिसलाई खबर गरेका थिए। घटनास्थल पुगेको चम्पारण पुलिसले उद्धार गरी नदीबाट चारै जनाको शव बाहिर निकालेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी