दीपावलीमा तमिलनाडुमा पटेकाका कारण ६७९ जना घाइते, ५६९ जना अस्पतालबाट डिस्चार्ज
दीपावलीमा तमिलनाडुमा पटेकाका कारण ६७९ जना घाइते, ५६९ जना अस्पतालबाट डिस्चार्ज


- अग्निशमन विभागलाई ९१ वटा आपत्कालीन फोन प्राप्त

चेन्नई, ०९ नोभेम्बर (हि.स.)। तमिलनाडुमा दीपावलीको उत्सवका क्रममा पटेका पड्काउँदा भएका दुर्घटनामा ६७९ जना घाइते भएका छन्। तीमध्ये ५६९ जनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ भने ११० जनाको विभिन्न अस्पतालमा अझै उपचार भइरहेको छ। दीपावलीका अवसरमा राज्यभर भएका दुर्घटनासम्बन्धमा तमिलनाडु अग्निशमन तथा उद्धार सेवा विभाग (टीएनएफआरएस) ले कुल ९१ वटा आपत्कालीन फोन प्राप्त गरेको छ।

विभागका अनुसार, पटेकासम्बन्धी दुर्घटनाका लागि ५४ वटा आपतकालीन फोन आएका थिए भने आगलागीका अन्य घटनासम्बन्धमा ३७ वटा फोन प्राप्त भएका थिए। यसरी दीपावलीका दिन विभागले कुल ९१ वटा आपतकालीन घटनामा उद्धार तथा नियन्त्रणका लागि कारबाही गर्नुपरेको थियो।

सार्वजनिक स्वास्थ्य विभागका अनुसार, पटेकाका कारण भएका दुर्घटनामा घाइते ६७९ जनाको विभिन्न अस्पतालमा उपचार गरिएको थियो। तीमध्ये ५६९ जनाको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ भने बाँकी ११० जना अझै उपचाररत छन्।

उल्लेखनीय छ, दीपावलीका बेला पटेका पड्काउँदा हुने दुर्घटना रोक्न सरकारले र प्रशासनले प्रत्येक वर्ष सुरक्षासम्बन्धी दिशानिर्देश जारी गर्दै आएका छन्। तर, पनि चाडपर्वका क्रममा पटाकाका कारण आगलागी हुने र मानिसहरू घाइते हुने घटना निरन्तर देखिँदै आएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande