
थेनी, ०९ नोभेम्बर (हि.स.)। तमिलनाडुको थेनी जिल्लामा सडकमा पटेका पड्काउन रोक्दा विशेष सहायक उपनिरीक्षक (एसएसआई) सेन्थिल कुमार (५५) को कुटपिट गरी हत्या गरिएको छ। यस घटनामा पुलिसले तीन जनालाई पक्राउ गरेको छ। दक्षिण क्षेत्रका पुलिस महानिरीक्षक विजयन्द्र बिदरीले सोमबार यसबारे जानकारी दिएका हुन्।
पुलिसका अनुसार, सेन्थिल कुमार थेनी जिल्ला पुलिस उपाधीक्षक कार्यालयमा लेखक (लिपिक) पदमा कार्यरत थिए। दीपावलीको दिन अर्थात् ८ नोभेम्बरमा आफ्नो ड्युटी सकेर उनी राति सधैँझैँ घर फर्किरहेका थिए। यसै क्रममा थेनीको समधर्मपुरम क्षेत्रमा केही युवक सडकमा पटेका पड्काइरहेका थिए।
ती युवकहरू मदिराको नशामा रहेको र सडकमा पटेका पड्काएर स्थानीय बासिन्दालाई दुःख दिइरहेको बताइएको छ। त्यही बाटो भएर गइरहेका सेन्थिल कुमारले उनीहरूलाई सडकमा पटेका नपड्काउन र अन्य कुनै स्थानमा गएर पटेका पड्काउन सुझाउ दिएका थिए। तर, युवकहरूले उनको कुरा बेवास्ता गर्दै सडकमा पटाका पड्काउन जारी राखे।
त्यसपछि सेन्थिल कुमारले यस विषयमा पुलिस नियन्त्रण कक्षमा उजुरी दर्ता गराए। यसबाट आक्रोशित युवकहरूले उनीमाथि आक्रमण गरी निर्ममतापूर्वक कुटपिट गरे। आक्रमणमा उनी गम्भीर घाइते भए। आसपासका मानिसहरूले उनलाई बचाएर तत्काल अस्पताल पुर्याए, जहाँ चिकित्सकहरूले मृत घोषणा गरे।
घटनापछि पुलिस विभागमा शोक र आक्रोशको वातावरण छ। पुलिसले सोमबार बिहान घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ शुरु गरेको थियो। पछि उनीहरूलाई पक्राउ गरिएको छ।
दक्षिण क्षेत्रका पुलिस महानिरीक्षक विजयन्द्र बिदरी तीन जना आरोपित पक्राउ परेको पुष्टि गरेका छन्।
/ बिशाल