काबुलसहित विभिन्न स्थानमा पाकिस्तानको हवाई हमला, अफगानले धेरै पाकिस्तानी चौकी कब्जा गरी सैनिक मारेको दाबी
पाकिस्तान अफगानिस्तान सैन्य संघर्ष


इस्लामाबाद, 27 फरवरी (हि.स.)। पाकिस्तान र अफगानिस्तानबीच दशकौँदेखि जारी सीमाविवाद शुक्रबार ठूलो सैन्य संघर्षमा परिणत भएको छ। पाकिस्तानले अफगान तालिबानविरुद्ध खुला युद्धको घोषणा गर्दै काबुल र कंधारमा बमबारी गरेको छ। यसअघि अफगानिस्तानले प्रतिक्रिया गर्दै सीमामा आक्रमण तीव्र पारेको र ठूलो संख्यामा पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ। दुवै पक्षबाट बमबारी जारी छ।

गत साता पाकिस्तानले गरेको हवाई हमलाको जवाफस्वरूप अफगानिस्तानले बिहिबार मध्यराति प्रतिकार कारबाही गर्दै डूरण्ड रेखामा करिब ५५ पाकिस्तानी सैनिक मारिएको र पाकिस्तानका धेरै चौकीहरू कब्जा गरिएको दाबी गरेको छ।

त्यसपछि पाकिस्तानले अफगान तालिबानविरुद्ध ‘अपरेशन गजब-लिल-हक’ शुरु गर्दै शुक्रबार बिहान काबुल, कंधार र पक्तियामा तालिबानका रक्षा अड्डाहरूमा बमबारी गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिबानविरुद्ध खुल्ला युद्धको घोषणा गर्दै अब पाकिस्तानको धैर्य समाप्त भएको बताएका छन्।

अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक्स पोस्टमा लेखेका छन्, “कायर पाकिस्तानी सेनाले काबुल, कंधार र पक्तियाका केही क्षेत्रमा हवाई हमला गरेको छ, तर कुनै मानवीय क्षतिको खबर छैन।”

अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद करजईले पाकिस्तानको हमलाको निन्दा गरेका छन्। उनले एक्स पोस्टमा लेखेका छन्, “पाकिस्तानी विमानहरूले फेरि काबुल, कंधार र पक्तियामा बमबारी गरेका छन्। अफगान जनता जुनसुकै परिस्थितिमा पनि पूर्ण एकताका साथ आफ्नो प्रिय मातृभूमिको रक्षा गर्नेछन् र आक्रामकताको साहसका साथ जवाफ दिनेछन्। पाकिस्तान हिंसा र बमबारीबाट आफूलाई मुक्त गर्न सक्दैन, यी समस्याहरू उसैले सिर्जना गरेको हो। अब उसले आफ्नो नीति परिवर्तन गरी अफगानिस्तानसँग असल छिमेकी सम्बन्ध, सम्मान र सभ्य सम्बन्धको मार्ग रोज्नुपर्छ।”

अफगानिस्तानको पलटवार

टोलो न्यूजले अफगानिस्तानको रक्षा मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै जनाएको छ, सेना प्रमुख फसिहुद्दीन फितरतको आदेशमा डूरण्ड रेखानजिक पाकिस्तानी सेनाका चौकीहरूमा अफगान बलद्वारा गरिएको प्रतिकार कारबाही बिहिबार राति १२:०० बजी समाप्त भएको थियो। यस अभियानमा पाकिस्तानी सेनाका ५५ सैनिक मारिएको दाबी गरिएको छ। अफगान बलहरूले केही शव तथा सयौँ हल्का र भारी हतियार बरामद गरेको र केही सैनिकलाई जीवितै पक्राउ गरेको जनाएको छ।

विज्ञप्तिमा थप भनिएको छ, अभियानका क्रममा अफगान बलहरूले पाकिस्तानका १९ चेकपोस्ट कब्जा गरेका छन्। यस कारबाहीमा ८ अफगान सैनिक मारिएका र ११ जना घाइते भएका छन्। साथै, तोरखममा शरणार्थीका लागि बनाइएको अस्थायी शिविरमा पाकिस्तानको हवाई हमलामा महिला र बालबालिकासहित १३ जना घाइते भएका छन्। मन्त्रालयले यो अभियान हालै पाकिस्तानले अफगान क्षेत्रमाथि गरेको हवाई हमलाको जवाफस्वरूप सञ्चालन गरिएको जनाएको छ।

गत साता पाकिस्तानको एयर स्ट्राइक

गत साता पाकिस्तानले अफगानिस्तानका विभिन्न क्षेत्रमा एयर स्ट्राइक गरेको थियो, जसमा अफगान प्रशासनका अनुसार महिला र बालबालिकासहित कम्तीमा १८ जना मारिएका थिए। यद्यपि पाकिस्तानले पाकिस्तान-अफगानिस्तान सीमामा रहेका आतङ्की अड्डाहरूलाई निशाना बनाइएको दाबी गरेको थियो। पाकिस्तानका अनुसार, यी हमलाहरू पाकिस्तानमा हालै भएका आत्मघाती बम विस्फोटपछि गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande